पूर्वी नेपालको झापा जिल्ला स्थित बिर्तामोड ३ मा सञ्चालित मदरसा तालिमुल कुरान आधारभुत विद्यालयले धर्ममा क्रान्ति गर्दै महिला मैत्री विद्यालय सञ्चालनमा ल्याएको छ ।

सामाजिक एकता कायम गर्दै धार्मिक विद्यालय भएतापनि मुस्लिम अलावा अन्य समूदायका  १ सय ५४ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

मदरसा तालिमुल कुरान आधारभुत विद्यालय २०६४ साल असार २६ गते तत्कालिन जिल्ला शिक्षा कार्यलय भद्रपुरबाट प्राथमिक विद्यालयका रुपमा साविक अनारमनी गा.वि.स वडा नम्वर ९मा संञ्चालनका लागि अनुमति पाएको थियो ।

शैक्षिक सत्र २०७९ देखि आधारभुत तहको कक्षा ६ सञ्चालनमा  ल्याइएको विद्यालयमा जम्मा १४ जना कर्मचारी रहेका छन् । जसमा  ८ जना मुस्लिम समुदायबाट र  ६ जना  अन्य समुदायबाट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले बताउनु भयो ।

उहाँले निर्माणधिन विद्यालयको  प्रगति विवरण प्रस्तुत गर्दै दाता सहयोगीहरुको  बारेमा जानकारी  दिनुभएको थियो ।

उहाँका अनुसार हाल सम्म ८१ जना दाताबाट ४२ लाख ४३ हजार ८ सय ३५ रकम संकलन भएको बताउनुभयो । उहाँले सोही रकमबाट ४ कठ्ठा ५ धुर मध्ये १ कठ्ठा ११ धुर माटो खरिद गर्न सफल भएको बताउनु भयो ।

IMG_4016

हाल २०८०–८१को आर्थिक बजेटबाट कोशी प्रदेश सरकारको सहयोगमा भवन निर्माण भईरहेको छ । विभिन्न धर्म समूदायका शिक्षिकाहरुलाई विद्यालयमा रोजगार दिएर विद्यालयले समावेशी एकताको उदाहरण प्रस्तुत गरेको छ । 

 विद्यालय सञ्चालन गर्नका लागि   बार्षिक २६ लाख ५५ हजार ६ सय खर्च हुने गरेको बताउदै अध्यक्ष खानले निकट भविष्यमै मुस्लिम लगायत झापाका आदिबासीहरुका लागि  छात्रबासको व्यवस्थापन, मदरसाको लक्ष्यअनुसार ४ कठ्ठा जग्गा खरिद, १२ कक्षा सम्म कक्षा सञ्चालन  लगायतको भावी योजनाहरु  प्रस्तुत गर्दै अध्यक्ष खानले जग्गा पास गर्न ७० लाख  पैसा आवश्यक भएकाले सम्पूर्ण देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई सहयोगका निम्ति अपिल समेत गर्नु भएको छ ।

यदी कसैले सहयोग गर्न चाहेमा एन आइसी एसिया खाता नम्वर २४६४१५०१०८८४२००२ मा  जम्मा गरिदिन हार्दिक अनुरोध समेत गर्नु भएको छ ।


IMG_3990

   बिद्यालय व्यवस्थापन समितिका  अध्यक्ष  अफ्रोज खानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुमले गर्नु भएको थियो । बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न  पत्रकार सम्मेलनमा वडा नम्वर ३  का वडा सदस्य हरी बाँस्कोटा, विद्यालयका सल्लाहकार  मुन्न अन्सारी , विद्यालयका शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 


IMG_3995

हाल विद्यालय सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले  शिक्षण सुधार कार्यक्रम अन्तरगत ७ लाख आर्थिक सहयोग गर्दै आएको छ ।

त्यस्तै संघिय सरकारबाट ८ लाख र अभिभावकबाट ६ लाख रकम प्राप्त हुने गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।