पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वर धाममा निशुल्क सामूहिक विवाहको आयोजना गरिएको छ । २०८१ साल बैशाक ३ गते  आर्थिक रुपले विपन्न परिवार भित्रका २५ जना बर–बधुहरुको ब्रम्ह विवाह सम्पन्न गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जलेश्वर धाम कार्यसमितिका महासचिव शिवलाल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सामूहिक बिवाहको औचित्यमाथी प्रकाश पार्दै अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीले धामले सामाजिक सेवा हेतु यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

उहाँले कोशी प्रदेश भित्रका विपन्न परिवार  उमेर पुगेका जोडीले परिवारको अनुमति तथा वडाको सिफारिसमा विवाह कार्यक्रममा सहभागि हुन सक्ने बताउनु भयो ।

IMG_4071

  विश्न हिन्दु परिषद नेपाल  कोशी प्रदेश र अर्जुनधारा जलेश्वर धामको आयोजनामा सम्पन्न हुन लागेको  निशुल्क सामूहिक विवाह सम्पन्न गर्न अनुमानित ४० लाख खर्च लाग्ने अध्यक्ष गट्टानीले बताउनु भयो ।

२०६४ सालबाट जनकपुरमा विश्व हिन्दु परिषद नेपालले सामूहिक ५० जोडीलाई सामूहिक विवाह सम्पन्न गराउंदै आएको छ । 

कार्यक्रममा  अर्जुनधारा जलेश्वर कार्यसमितिका कोषध्यक्ष मनोज जोशी, विश्व हिन्दु परिषद महिला विभागकी कोशी प्रदेश प्रमुख सितादेवी ढुङगेल, प्रमुख अर्चक अग्नीप्रसाद सिग्देल लगायतको आतिथ्यता रहेको थियो ,पत्रकारहरुको प्रश्नको जवाफ दिदै प्रमुख अर्चक सिग्देलले विपन्न परिवारले गरिवीकै कारण विवाह वन्धनबाट विमुख हुनु नपरोस भनि सामूहिक विवाहको आयोजना गरिएको बताउनु भयो ।

उहाँले विश्व हिन्दु परिवारलाई विशेष धन्यवाद दिदै पुण्यकाममा सबैको सहभागिता रहने अपेक्षा रहेको बताउनुभयो ।