अर्जुनधारा । भरत भाबुक प्रसाई, महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन संयुक्त महिला आवाज नेपाले नौमती बाजा बजाउने प्रशिक्षण दिइरहेको छ ।
अर्जुनधारा वडा नम्वर ५को आर्थिक सहयोगमा सम्पन्न भईरहेको प्रशिक्षण कार्यक्रममा २६ जना महिलाहरुको तालिम लिइरहेका छन् ।
गएको फागुन ७ बाट सुरुभएको प्रशिक्षण कार्यक्रम यही २४ गते समापन हुने जनाइएको छ ।मोफसल अनलाइनको टिम लक्ष्मीपुरको पानिगल स्थित समुदायिक भवनमा पुग्दा गीतमा भाका हालेर बाजाको बजाइरहेको दृश्यले हाम्रो मन तानेको थियो ।
निश्चित समुदायले मात्रै बाजा बजाउनु पर्छ भन्ने पुरातन सोचलाई चिर्दै हरेक जात र समुदायका महिला संगठित रुपमा लागि पर्नु संस्कृति संरक्षण हेतु सुन्दर पक्ष रहेको संयुक्त महिला आवाज नेपालकी केन्द्रिय अध्यक्ष शिखा खड्काले बताउनु भयो ।
उहाँले महिलाहरुलाई रोजगारको अवसर सृजर्ना गरिदिन वडाको पहलमा बाजा सहित अन्य आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरिदिने बताउनुभयो ।
प्रशिक्षण लिइरहनु भएकी महिला रमा भट्टराई दाहालले बाजाको संरक्षण गर्दै रोजगारीको अवसरका लागि बाजा बजाउने तालिम लिएको बताउनु भयो ।
बास्तवमा समाजको रुपान्तरण महिलाहरु आत्मनिर्भर भएमात्र सम्भव हुन्छ ।
लोप हुँदै गरेको बाजाको प्रचार प्रचार साथै संरक्षणमा जुटेका अर्जुनधारा ५ का महिला साथै संयुक्त महिला आवाज नेपालको प्रेरणादायी प्रयासले समाजलाई पक्कै झक्झक्याउने छ । अनि जिम्मेवार निकायहरुलाई दायित्वबोध गराउने छ ।














