कनकाई। चन्द्र बस्नेत , झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको प्राईम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ।
करिव १६ वर्ष अघिदेखि कनकाई ३ सुरुङ्गामा सेवा दिदै आएको बैंकले आईतबारबाट व्यवस्थित र सुविधा सम्पन्न भवनबाट् सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो ।
यस अघिको कार्यलयमा ठाउँ सानो सेवा ग्राही बस्न समेत असहज साथै अन्य विविध कारणले समस्या भएकै कारण सोही भवनको नयाँ फ्लोर बाट सेवा सन्चालनमा ल्याइएको बैंकले जनाएको छ।
आइतबार आज एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै रिवन काटेर नयाँ ठाउँ बाट सेवा सुरु गरिएको थियोे ।
बैंकका क्लस्टर वि का प्रमुख ईन्द्रप्रसाद गुरगाईले रिवन काटेर नयाँ ठाउँबाट सेवा दिन सुरु गरिएको सुरुङ्गा शाखाकी इन्चार्ज वन्दना काफ्लेले बताउनुभयो ।
बैंकले देशभर वित्तीय पहुँचलाई विस्तार गर्ने रणनीतिअन्तर्गत विभिन्न स्थानमा नयाँ शाखाहरू थप्दै आएको छ। लामो समयदेखि सुरुङ्गामा सञ्चालनमा रहेको बैंकबाट यहाँका स्थानीय बासिन्दा, व्यवसायिक संस्था तथा संघ–संस्थाहरू बैंकका सेवा सुविधाबाट लाभान्वित भएकाछन।

बैंकका अनुसार, नयाँ अनि सुविधायुक्त कार्यलयबाट सेवा दिन सुरु गरेसगै बचत खाता, कर्जा सुविधा, डिजिटल बैंकिङ सेवा, लघुवित्तीय सहायता तथा अन्य वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बैंकका अनुसार देश भर २ सय बढी स्थबाट सेवादिदै आएको र कोशी परदेशमा ४६ वटा शाखा संचालित रहेको सुरुङ्गा शाखाकी इन्चार्ज काफ्लेले जानकारी दिनुभयो ।
बैंकले देशभर सरल, सहज र आधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यसहित आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै आएको पाईएको छ।

बैंकले स्थानीय सरकार सगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता समेत सहज र सरल हिसाबले असक्त्तहरुलाई घर-घरमा पुर्याएर वितरण समेत गर्दै आएको पाईएको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य ,शिक्षा लगायतको क्षेत्रमा स्थानीय सरकार ,विद्यालय ,स्वास्थ्य शाखा, विभिन्न संघ-सस्था, क्लब लगायतहरु सग सहकार्य गर्दै विभिन्न सामाजिक तथा सचेतना मुलुक कार्यक्रम समेत गर्दै आएको पाईएको छ।














