धेरै स्थानिय तहमा बसेर काम गर्नु भएका अनुभवी प्रशासकीय अधिकृत नारायण न्यौपानेको कनकाई नगरपालिकामा आगनसंगै   प्रशासनिक  काममा चुस्तता देखिएको छ ।

उहाँले प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानियतह निर्देशिकाले दिएको निर्देशन भित्र बसेर कसैलाई काखा कसैलाई कसैलाई पाखा नगरी आफ्नो काम जवाफदेहिताका साथ निर्वाह गर्ने बताउनुभयो ।

उहाँले बाँकी रहेका कामहरुलाई प्राथमिक्तामा राखेर काम अगाडी बढाइएको बताउनुभयो ।  प्रशासकीय अधिकृत न्यौपानेले जनतालाई झुटो आश्वासन दिएर कुनै काम गर्नु नहुने बताउनुभयो ।

उहाँले विकास निर्माण परियोजनामा गरिने खर्चका सम्बन्धमा पूर्वयोजना बनाउदै ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले कनकाई नगरपालिमा भष्टचार शुन्य नगरपालिका भन्ने स्थानियहरुको मत पाउँदा खुसी लागेको बताउदै,यहाँका कर्मचारीहरुबाट अन्य पालिकाहरुले सिको गर्ने गरि काम भएको आफुले पाएको बताउनुभयो । 

1245

उहाँले कनकाई नगरपालिकालाई बाल मैत्री नगरपालिका धोषणा गर्न चाइने ५३ वटा इन्डिकेटर पुरा गरिसकेको बताउनुभयो ।

उहाँले बरूजु कम गर्न असारे बिकास परिपार्टीबाट स्थानिय तह बाहिर निस्कनु पर्ने बताउनुभयो । उहाँले देशका कयौ स्थानिय तहमा  उसको बार्षिक बजेट भन्दा ठुलो बरुजुका अंक देखिरहेको बताउनुभयो । 

उहाँले असारे बिकासलाई मात्र पर्खनु नहुने बताउदै बिकास निर्माण रकम विनियोजन  गर्दा  पारदर्शि र सन्तुलित रुपमा गर्नुपर्ने बताउनु भयो ।

  कनकाई भित्रका मिडिया अनलाइन खबर, मोफसल अनलाइन,कोशी दर्पण, शव्दपत्रडट कम लगायतका मिडियालाई आफ्नो अनुभव सनाउदै प्रशासकीय अधिकृत न्यौपानेले  आफ्नो अधिकार क्षेत्र भित्र रहेर जनताको सेवा गर्ने बताउनु भयो ।