बास्तवमा जीवन कहिल्यै एउटा बिन्दुमा अडिएको हुँदैन ।कहिले गहिराईमा डुब्छ त कहिले उज्यालो किरणमा झलमलाउछ ।
समाज भित्र रहेका तमाम महिला ,बालबालिका र दुःखमा परेका आम मानिसको सहारा , सहयात्री बन्न पक्कै सजिलो छैन । यो यात्रामा लाग्नेहरुले अनेकौं वचन सही आँफ्नो आँसु मौनतामा लुकाउदै सघर्षको यात्रातय गर्नु पर्ने हुन्छ ।

जीवनमा आफ्ना पारिवारिक समस्याहरु कयौ रहेता पनि बिषका घुट्कीहरुलाई अमृत बनाई हजारौं विपन्न बालबालिकाहरुको आमा, शोषणमा परेका महिलाहरुको सहारा, विरामले छट्पटी रहेका विपन्नहरुको हिम्मत बन्नु भएको छ , मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्दकला काफ्ले ।

हरेक परिवर्तनको सुरुवात पहिलो पाइला बाट हुन्छ भनेझै झापाको बिर्तामोडबाट शुरुभएको मेचिमहाकाली बुहारी संयुक्त आवाजको अभियान हाल नेपालका ५६ जिल्ला सम्म पुगिसकेको छ ।
११५औ नारी दिवसको तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेलेको जन्म दिन संस्थाले कचनकबल १ स्थित विपन्न परिवारको बसोबास रहेको गणेश टोलमा मनाएको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष काफ्लले लगायत टिमले गणेश टोलमा बसोबास गर्ने १०० जना विपन्न बालबालिकालाई स्टेशनरी समान वितरण गरेका थिए ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा समपन्न कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिङकी थापाले स्वागत गर्नु भएको थियो ।
कचनकबल गाँउपालिकाकी कार्यपालिका सदस्य सुनिता दर्जीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाको औचित्य माथी केन्द्रिय अध्यक्ष काफ्लेले प्रकाश पार्नु भएको थियो ।
उहाँले संस्थापक अध्यक्ष यमुशर्मा पौडेलको परिकल्पनाले मुर्त रुप लिदै गएको बताउनु भयो । उहाँले नारीले आफ्नो अस्तित्व र पहिचान आफै निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले आफ्नो जन्मदिनलाई भव्य बनाउन विशेष भुमिका खेल्ने अन्तराष्ट्रिय अध्यक्ष यमु शर्मा पौडेललाई स्मरण गर्दै सम्पूर्णकार्यसमिती परिवारलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा रेडक्रस उपशाखा घेराबारी सभापति सजनलाल गणेश, शहिद गंगालाल आधारभुत विद्यालयकी शिक्षिका दिलकुमारी राजवंशी, कचनकबल वडा नम्वर १ का वडा सदस्य अन्तलाल राजवंशी लगायले शुभकामना मन्तव्य राख्दै विपन्न समुदायको दुःखमा मेचीमहाकाली बुहारी संयुक्त आवाजले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका थिए ।
कार्यक्रम समापन पश्चात अति विपन्न जेष्ठ आमा चम्पा देवि गणेशलाई खाद्यान्य सामान हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेको जन्मदिनको अवसरमा केक काटी कार्यसमिति परिवारले दोसल्ला ओढाइ उहाँलाई सम्मान गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला कार्यसमिति सदस्य र्आजु शर्मा,चन्द्र उप्रेती, स्थानियबासी तथा जनप्रतिनिधीहरु डिल्लीराम नेपाल,सजन लाल गणेश,विमला राजवंशी,मिना यादव ताजपुरिया, पवित्र सुब्बा,टिका राजवंशी कचनकबल गाँउपालिका कार्यपालिका सदस्य उमाशङकर गणेश लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन मेचीमहाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सह–संयोजक रोशनी अधिकारीले गर्नु भएको थियो ।














