कनकाई । चन्द्र बस्नेत , ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरपारेर झापाको कनकाई ३ सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। नेपाल महिला संघ कनकाई नगरको आयोजनामा दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ३ स्थित सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
नेपाल महिला संघ कनकाईकी सभापति रेनुका उप्रेती (मैनाली ) को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उप प्रमुख आशाशर्मा शिवाकोटी रहनुभएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले महिलाहरूका लागि अझै पनि जति अवसर पाउनुपर्ने हो त्यति पाउन नसकेको भन्दै महिलाहरू आफै अगाडी बढ्नु पर्ने र सरकारले पनि अवसर दिनुपर्ने बताउनुभयो ।उहाँले एकदिन मात्रै कार्यक्रम गरेर उहाँहरुको जिवनस्तर उठ्न नसक्ने बताउनुभएको थियोे ।महिलाहरूलाई अवसर दिएमा हरेक कुरा समयमै सफल र पारदर्शी बनाएको उदाहरण समेत दिनुभएको थियोे ।
कार्यक्रममा नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं महा समित सदस्य धनमाया चिमरिया,कविता बस्नेत , यसोदा उप्रेती लगायतले महिला अधिकारका सवालमा विशेष चर्चा गर्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न लेख ,रचना तथा कविता समेत प्रस्तुत गरिएको थियोे ।नेपाल महिला संघ कनकाईकी सभापति तथा कार्यक्रमकी अध्यक्ष रेनुका उप्रेती (मैनाली ) ले नै स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रमको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस नेतृ चित्रकला ओलीले गर्नुभएको थियोे ।
,














