शिवसताक्षी । भरत प्रसाई,  शिवसताक्षी  नगरपालिका वडा  नम्वर १० स्थित माइधारमा रहेको अ‍ैलेनी जग्गा भोक चलनमा नगरपालिकाले रोक लाएपछी पिडित  थपलिया परिवारले पत्रकार गुहारेका छन् ।

२०२४ सालबाट २ कठ्ठा १७ धुर माटो भोगचलन गर्दै आएको थपलिया परिवारले २०३२ सालमा धर निर्माण  गरि सोही स्थानमा बस्दै आएका थिए ।

२ छोरा र ३ छोरीका बुबा रामप्रसाद थपलिया यही तनाव र पिडा सहन गर्न नसकी बिरामी भएको  परिवारका सदस्यले दाबी गरेका छन् ।

पिडित परिवारकी छोरी हरिमाया थपलियाले आफ्नो परिवारमा बोल्ने मान्छे कोही नभएकाले आफुमाथी निषेध गरिएको बताउनु भयो ।

उहाँले छिमेकीहरुले वाल लगाउदा  नगरपालिकाले दिने तर  हामीलाई आफ्नो जग्गा धेराबारा गर्न नदिई  जग्गामा कुनै संरचना निर्माण गर्न नपाइने भन्दै पत्रठाउनु न्यायसंगत नभएको बताउनुभयो । 

 त्यस्तै थपलिया परिवारकी कान्छी छोरी मनिसा थपलियाले  आफुहरु घर निर्माण पछि घर धुरीकर तिर्दै राज्यलाई तिर्नु पर्ने सम्पूर्ण कर तिर्दै आएको वडा र स्थानिय सरकारलाई सम्पूर्ण विषयबस्तुको बारेका जानकारी हुदाँहुदै भोकचलन गरिरहेको जग्गामा भौतिक संरचना निर्माण गर्न नदिनु दुःखत कुरा रहेको बताउनु भयो ।


8

उहाँले केही भुमाफीयाले आफ्नो जग्गा हत्याउन राजनीतिक दाउपेज खेल्न थोलेको बताउनु भयो । उहाँले न्यायिक समिति र वडाले न्यायको पक्षमा निर्णय गर्नेमा आफु आशावादी रहेको बताउनु भयो । 

 पिडितहरुको कुरा सुनेपछी हामीले शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख  नारमाया कार्कीलाई फोन मार्फत सम्पर्क गरि विषयबस्तुको बास्तविकताका बुझने प्रयत्न गरेका थियौ, उहाँ यसो भन्नु हुन्छ ।

 विवादित जग्गा भएको  र झडपको स्थिती सृर्जना नहोस भन्ने उदेश्यले समस्याको समाधान नभइनजेलका लागि भौतिक समंरचना निर्माणमा रोक लगाएका हौ । "कुनै नागरीकलाई अन्याय गर्ने पक्षमा  नगरपालिका छैन र गर्दैन पनि "

 उहाँले समाधानका लागि छलफल  र सम्वादका लागि सरोकारवाला पक्षको भेला बोलाउने बताउनुभयो ।