शसस्त्र प्रहरी,नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापाले विभिन्न कार्यक्रमको आयोजना गरि २२औं स्थापना दिवस मनाएको छ । 

कमलगाँउपालिका स्थित शिक्षालयको परिसरमा आयोजित कार्यक्रमलाई प्रहरी तालिम क्योरेटका कर्मचारीहरुले आगन्तुक अतिथीहरुलाई स्वागत गरेका थिए ।

IMG_7603शसस्त्र प्रहरीबलका तर्फबाट विद्यार्थी तथा जवानहरुले  कार्यक्रममा विभिन्न समुदायिक पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए । युद्व कुशल्ता  एवं आपकालिन  विपक्तिसंग लड्न उपनाउने उपायका सम्बन्धमा नृत्यद्वारा  प्रहरी जवान, संगठनका कर्मचारी एवं सांस्कृतिक कलाकारहरुले  प्रस्तुति पस्किएका थिए ।

कमलगाँउपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले २२ वर्ष सम्म शिक्षालयलाई चलायमान  बनाउन  संगठनको प्रतिनिधी, प्रशिक्षक जवान तथा विभिन्न क्योरेट र तहका  प्रहरी प्रमुखहरुको अतुलनिय योगदान रहेको बताउनु भयो ।

IMG_7686

उहाँले  चाँडै  प्रहरी जवानका छोराछोरीका लागि विद्यालय निर्माण गरिन लागिएको बताउनु भयो । उहाँले विद्यालयको डिपिआर नै निर्माण भई प्राविधिक कामका लागि केन्द्रमा पठाइएको बताउनुभयो ।

  त्यस्तै स्थापना दिवसको शुभकामना दिदै दमक नगरपालिकाका नगर प्रमख राम थापाले स्थानियतहले नेपालकै नमुना प्रशिक्षालयका रुपमा परिचित पाथिभरा जवान तालिम शिक्षालयको संरक्षण, बिकास र स्तरोउन्तीमा विशेष महत्वकासाथ सहयोग गर्ने बताउनुभयो । 

IMG_7667

 कार्यक्रमका प्रमुख अतिथी  सशस्त्र प्रहरी महानिरिक्षक  बंशीराज दाहालले  ज्ञान संस्कार र साहसको आर्दश वाक्यभित्र रही दक्ष जनशक्ति निर्माण गर्न शिक्षालय सक्षम भएको बताउनु भयो ।

  कार्यक्रमका विशिष्ठ अतिथी झापा जिल्ला अधिकारी गोपालकुमार अधिकारीले  शान्ति सुरक्षा कायम गर्दै समाजलाई अनुशासित बनाउन शसस्त्र प्रहरीबलले महत्वपूर्ण  भुमिका खेलेको बताउनु भयो   

कार्यक्रममा शिक्षालयका कर्मचारी तथा जवानहरुले परेड, युद्वकौशल, तथा सामाजिक एकता भल्काउने प्रस्तुतीहरुले मनोरञ्जन प्रदान गरेका थिए ।


IMG_7651कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै शसस्त्र प्रहरी,नेपाल पाथीभरा जवान तालिम शिक्षालयका प्रमुख राजेश उप्रेतीले शिक्षालय झापाको मात्रै नभएर नेपालकै नमुना शिक्षालय बन्न सफल भएको बताउनु भयो ।

उहाँले हाल सम्म आधारभुत र अहोन्नत तालिम गरेर ३ हजार भन्दा बढीलाई प्रशिक्षित गराइसकेको बताउनु भयो ।