झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ।  आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो। 

बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए ।  अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो।


बालबालिकालाई समय समयमा होलि अलवा  दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ।

 जनहितमा जारी


बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको महत्व बुझाउन पनि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।


विद्यालयमा हाल पिजी नर्सरी एलकेजी युकेजी ५० जना विद्यार्थी रहेका छन्। २०७३ सालमा स्थापित विद्यालयमा कर्मचारी र शिक्षक गरेर आठ जना कार्यरत रहेका छन्। लिङ्कन बालमैत्री विद्यालय हो।