बिर्तामोड, २९ फागुन: बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा रकम सहयोग गर्नु भएको छ ।

फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले चौतारीको कार्यालयमा आयोजित एक कार्यक्रमका विच उपचार कोषकी संयोजक भिमा शिवाकोटीलाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।

483032028_480001541859619_2709618138302706105_n

रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोषका संयोजक भिमा शिवाकोटीले एउटा माथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गरेकोमा चौधरीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाई, गणेश कोईराला लगायतको उपस्थिती रहेको थियो ।