पन्थापाडा । ओम नारायण राजवंशी,  झापा गाउँपालिका वडा नम्वर ५ स्थित श्री महेन्द्र मा.वि पन्थापाडामा प्रथम पन्थापाडा खुल्ला सुपर सिक्स क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

IMG_9310 1

राजवंशी खेलकुद बिकास सिमितिका आयोजनामा सम्पन्न दुई दिवसीयमा प्रतियोगितामा  भारत लगायत नेपालका १६ टिमहरुको सहभागिता रहेको थियो  । 

IMG_9281

खेलकुदका माध्यमबाट समाजलाई अनुशासित बनाउदै क्रिकेटमा युवाको रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको राजवंशी खेलकुद बिकास सिमितिका केन्द्रिय अध्यक्ष बुधकरण राजवंशीले बताउनु भयो ।

IMG_9231 2

प्रतियोगितालाई, बिर्तामोड आँखा अस्पताल बिर्तामोड १, कञ्चनजङगा हस्पिटल बिर्तामोड,  चियाबारी क्याफे  विर्तामोड भद्रपुर रोड, झापा भेइकल सेन्टर भद्रपु्र, माताशक्ति मेडिकल सैनिकमोड, भिक्टोरी मार्सियल आर्ट एण्ड स्पोटस् एकेडेमी, अरुणोदय अंग्रेजी स्कूल कनकाई ९ घैलाडुब्बा लगायतका संस्थाहरुले प्रायोजन गरेको राजवंशी खेलकुद बिकास समितिका सचिव गिरीबन्धु राजंवशीले बताउनु भयो । उहाँले यो प्रतियोगिताहरुलाई सफल बनाउन विशेष भुमिका खेल्ने आर्थिक संरक्षक, सञ्चारकर्मी, स्थानियबासी, पन्थापाडाका खेलप्रेमी लगायत सम्पूर्ण युवाहरुलाई विशेष धन्यवाद दिनुभयो ।

IMG-20250322-WA0289

पहिलो दिनको प्रथम चरणको  खेलमा लगान टु,द पन्थापाडियाज,नाइट राइडर्स, भद्रपुर बी विजयी भएका थिए । लगान टुलाई हराउँदै द पन्थापाडियाज र नाइट राइडर्सलाई हराउँदै भद्रपुर बी सेमिफाइनलमा प्रवेश गरेका थिए ।

IMG_9346

पहिलो  दिनको अन्तिम खेलमा द पन्थापाडियाजलाई हराउँदै  भद्रपुर बी फाइनलमा प्रवेश गरेका थिए । भद्रपुर बीलाई हराउँदै आयोजक राजवंशी खेलकुद विकास समिति प्रथम खुल्ला सुपर सिक्स क्रिकेटको च्याम्पियनबन्न सफल भएको छ ।

IMG_8788

बिजेता टिमलाई बिर्तामोड आँखा अस्पतालका सञ्चालक तथा कार्यक्रम विशेष अतिथी ठुमन राजंवशीले २५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । त्यस्तै उपविजेता भद्रपुर बीले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र पाएको थियो । गिरीबन्धु राजवंशीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षता राजवंशी खेलकुद बिकास सिमितिका अध्यक्ष बुुधकरण राजवंशीले गर्नु भएको थियो ।

IMG_9294

कार्यक्रममा समितिका कोषाध्यक्ष निलम राजवंशी, सदस्य सुरेश कोच, जिना राजवंशी,राजेश राजवंशी, मिना राजवंशी,ओम नारायण राजवंशी लगायतका कार्यसमिति सदस्य तथा स्थानिय खेलप्रेमी महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।

IMG_9301

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुलाई  आगामी मार्च २५ तारिकको भारतको आसाममा हुन लागेको अन्तराष्ट्रिय एम एस् डी क्रिकेट च्याम्पियनसिपमा सहभागि गराउने संस्थाका अध्यक्ष राजवंशीले बताउनुभयो ।

IMG_9170