बिर्तामोड । राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाले २०८१ सालको एसईई परीक्षामा  झापा जिल्ला प्रथम हुनेलाई नगदसहित सम्मान गर्ने भएको छ।
   राजवंशी समुदायबाट २०८१ सालको एसईई परीक्षामा सहभागी निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूमध्ये निजी तथा सामुदायिक विद्यालयबाट  झापा जिल्ला प्रथम हुनेलाई नगदसहित सम्मान गरिने राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले बताए।

   राजवंशी समुदायबाट  २०८१ सालको एसईई परीक्षामा सहभागी निजी  सामुदायिक विद्यालयका विद्यार्थीहरूमध्ये निजी विद्यालयका विद्यार्थीहरूमध्ये एक जना र सामुदायिक  विद्यालयका विद्यार्थीहरूमध्ये एकजना  झापा जिल्ला प्रथम हुनेलाई प्रोत्साहन स्वरूप ११ हजार, खादा दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिने उनले बताए।
    गत बर्षदेखि २०८०  सालको एसईई परीक्षामा सहभागी  सामुदायिक विद्यालयका विद्यार्थीहरूमध्ये झापा जिल्ला प्रथम हुनेलाई प्रोत्साहन स्वरूप  ११ हजार, खादा दोसल्ला, सम्मान
पत्र दिइँदै आएकोमा यसबर्ष त्यसलाई निरन्तरता दिई यस वर्षदेखि निजी विद्यालयका विद्यार्थीहरूमध्ये एक जना झापा जिल्ला प्रथम हुनेलाई प्रोत्साहन स्वरूप  ११ हजार, खादा दोसल्ला, सम्मान    पत्र प्रदान गरिने उनले बताए।
    राजवंशी जातिको आउँदै गरेको महान चाँड सिरुवाको उपलक्ष्यमा  सिरुवा पर्वलाई भव्य र सभ्य गरी  मनाउन प्रत्येक स्थानीय पालिकालाई  पत्राचार गरिने उनले बताए।