बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता' हुने भएको छ । 

नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि 

प्रतियोगिता हुने भएको हो । 


वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ ।

ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो ।

यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ ।


यस प्रतियोगिताको विजेताले २१ हजार र उप-विजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्ने छन् ।

यस्तै हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।  


प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले गर्नु हुनेछ । नगरमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा नि:शुल्क प्रवेशको व्यवस्था छ । प्रतियोगिताको कुल बजेट १ लाख ८० हजार रहेको आयोजकले जनाएको छ ।