झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि निर्वाचन चहलपहल तातेको छ ।

विगतदेखि नै वनको  नेतृत्व सम्हाल्दै आएको नेकपा एमाले यस पटक पनि एकल रुपमा चुनावी मैदानमा  उत्रिएको छ भने विपक्षमा पाँच दलीय गठन्धन सहितको समृद्व वन स्वतन्त्र प्यानल प्रस्तुत भएको छ ।

स्थायित्व र अनुभव बोकेको एमालै संगठित संरचना, व्यापक जनसञ्जाल र अनुभवी नेतृत्वका साथ एमालेले पुनः जित हासिल गर्ने अपेक्षा गरिएको छ । 

 अध्यक्षमा उम्मेदवार बनेका सूर्य भट्टराई बिर्तामोड–७ का पूर्व वडा अध्यक्ष गंगा भट्टराईका सुपुत्र हुन्। उनलाई राजनीतिक अनुभव र स्थानीय जनसम्पर्क सँगसँगै संगठनात्मक पकड पनि बलियो मानिन्छ।

उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिवमा सृष्टि राई, सहसचिवमा लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईं उम्मेदवार छन् ।

6e967879-073a-473e-8189-08e5e603ea67नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन गर्दै “समृद्ध वन स्वतन्त्र प्यानल” नाम दिइ उम्मेदवार अघि सारेका छन्।

अध्यक्षमा कृष्णप्रसाद लिम्बू उम्मेदवार छन् जो अघिल्लो चुनावमा एमालेका उम्मेदवार बद्री प्याकुरेलसँग पराजित भएका थिए।

अन्य उम्मेदवारहरू,उपाध्यक्षमा मंगलसिंह साँवा,सचिव,इन्दिरा अधिकारी बाँसकोटा,सहसचिव, जीवन कार्की कोषाध्यक्ष, ईश्वरादेवी भट्टराई आरक्षित सदस्यतर्फ,महिला शान्ता उप्रेती, मञ्जु कट्टेल उप्रेती जनजाति बुद्धराज लिम्बु ,दलित सावित्रा, आदिवासी, मनमाया हस्दा रहेका छन् ।

निचाझोडा सामुदायिक वनमा लामो समयदेखि नेतृत्व दिँदै आएको एमाले प्यानललाई यसपटक पनि निरन्तरता दिने र जनसमर्थन रहने विश्वास गरिएको छ।

789999999८ सय ३१ घरधुरी सदस्य रहेको वन समूहमा जनमत एमालेप्रति अझै बलियो देखिएको छ । 

दुबै प्यानलले आइतबार मनोनयन दर्ता गराइसकेका छन्। 

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन  उपभोक्ता समूह  नेपालका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरू मध्ये एक हो।

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने र समुदायको जीवनस्तर सुधार्ने दुवै उद्देश्य पुरा गर्ने एक आदर्श उदाहरण हो।

यसको स्थापनाबाट अबसम्म स्थानीय जनताले धेरै फाइदा लिइसकेका छन् र यो क्षेत्र अझै पनि प्राकृतिक सन्तुलन र विकासको लागि महत्वपूर्ण स्थान बनिरहेको छ।

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल लगभग १,७८० हेक्टर ९१७.८ वर्ग किमि० रहेको छ।