कनकाई, झापा – वैशाख १५,  चन्द्र बस्नेत,  कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई सफल बनाउनका लागि आज कनकाई नगरपालिका–३, सुरुङ्गास्थित जेसिज हलमा एकदिने  होमस्टे सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम   सम्पन्न भएको छ।

पर्यटन कार्यालय  काँकडभिट्टाका प्रमुख छबिलाल खतिवडाको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  कनकाई नगरपालिकाका नगर प्रमुख  राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

नगर प्रमुख  पोखरेलले पर्यटन प्रर्वद्वनमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।  उहाँले नेपालमा भएका भाषा र संस्कृतिले नै   पर्यटकवृद्वीमा  मद्वत पुग्ने बताउनु भयो । 

  कोशी प्रदेशका पर्यटकिय क्षेत्रलाई चिनाउदै पाहुनालाई आत्मिय स्वागत गर्न  सकियो भने मात्रै कोशी प्रदेश पर्यटन वर्ष सफल हुने बताउनु भयो । 

कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश ग्रामीण पर्यटन अभियन्ता तथा मेचिनगर नगरपालिका–४ का वडाध्यक्ष  अर्जुन कार्कीले गर्नुभएको थियो।

प्रशिक्षण कार्यक्रममा विशेष मन्तव्य कोच राजबंशी सङ्ग्रालयका अध्यक्ष प्रेमराज राजबंशी र आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव मोहन राजबंशीले राख्नुभएको थियो।   कार्यक्रमको सञ्चालन कोशी प्रदेश होमस्टे महासंघका सचिव मञ्जिल देवानले गर्नुभएको थियो।

एक दिवसीय यो अभिमुखीकरण कार्यक्रममा ३५ जना भन्दा बढी स्थानीय सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले होमस्टे सञ्चालनको व्यवहारिक पक्ष, स्थानीय स्रोत उपयोग, पर्यटक मैत्री वातावरण निर्माण तथा ग्रामीण पर्यटन प्रवर्द्धनका विविध पक्षमा जानकारी लिएका थिए।