झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सहित प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाले फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरेको छ ।
कनकाई नगरपालिकाको सभा हलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत सहित झापाका प्रहरी प्रमुख केसी र ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्टको थप सफलताको कामना गरे ।
झापाबाट बिदाई भएर काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी जान लागेका प्रहरी प्रमुख केसीले अपराधलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा झापामा धेरै अभ्यास गरेको बताए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट १४ महिना अघि झापाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसपी केसीको नेतृत्वमा जिल्लामा शान्तीसुरक्षा थप मजवुत भएको अनुमान गरिएको छ ।
सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिएको झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढेका कारण झापाको शान्ती सुरक्षा थप मजवुद भएको प्रहरी प्रमुख केसी बताउँछन् ।
झापामा शान्ति सुरक्षा कायम गर्ने विषयमा आफुले कुनै पनि कसुर बाँकी नराखेको बताउँदै प्रहरी उपरीक्षक केसीले आफू राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्दै आएको प्रष्ट पारे ।
कनकाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख केसीले झापाका सबै पालिकामा रहेका प्रमुख एवं उपप्रमुखहरुसँगको सहकार्य अत्यन्तै सकारात्मक रहनुका साथै कनकाई नगरपालिकासँगको समन्वय थप सहज भएको बताए ।
यसै बिचमा प्रदेशबाट २ पटक सम्म उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कृत भइसकेको भन्दै केसीले स्वच्छ र खुशी मनले आफ्नो पेशाप्रति इमान्दारिताका साथ अघि बढ्न सकेमा जीवनमा सफलता हात पर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रहरी प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएका ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले शान्ती सुरक्षा साथै अपराध न्युनीकरणमा जनप्रतिनिधि र सुरक्षा निकाय विचमा अत्यन्तै सुमधुर सम्बन्ध कायम रहेको बताए ।
नेपाल प्रहरीको प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएर जान लागेका डिएसपी विष्ट करिव १४ महिना अघि विर्तामोडको जिम्मेवारी सम्हाल्न आएका हुन ।














