चन्द्र बस्नेत
कनकाई, २२ बैशाख
झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ।
महिलाहरूले आत्मनिर्भर सहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सन्चालन होस भन्ने उद्येश्यले तालिम दिदै आएको पाईएको छ। नगरपालिका विभिन्न वडा तथा नगरबाट नै छुट्टाछुट्टै बजेटको ब्यबस्थापन गर्दै यस्तो तालिमलाई तिव्रता दिएको नगर उप प्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो ।
यसैबीच कनकाई वडा न ७ मा उद्वघोषण तथा माईनट लेखन वडा न ४ मा सिलाई कटिङ्ग , कनकाई ३ मा नगरपालिकाको सम्वन्यनमा र घरेलु तथा साना ऊद्योगको आर्थिक सहयोग मा ढाका बुन्ने ४५ दिने तालिम , कनकाई ३ मा नै कम्प्युटर सिक्ने ३ महिने तालिम सुरु भएका छन ।
यसैबीच कनकाई नगरपालिका–७ द्वारा आयोजित ‘महिला सशक्तिकरण, क्षमता विकासका लागि उद्घोषण तथा माइन्युट लेखन सम्बन्धी’ पाँच दिने अभिमुखिकरण तालिम आजबाट शुरू भएकाे छ ।

तालिमको अध्यक्षता वडा नम्बर ७ की कार्यवाहक अध्यक्ष अरुणा सुब्बाले गर्नु भएको थियो। अध्यक्ष सुब्बाले तालिमको उद्घाटन गर्दै महिलाहरूको नेतृत्व क्षमतामा विकास ल्याउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनु भयो।
उहाँले भन्नु भयाे “महिला सशक्तिकरण भनेको केवल भनाइमा मात्र होइन, व्यवहारिक सीप र ज्ञानमा आधारित हुनुपर्छ। यस्तो तालिमले महिलाहरूलाई आत्मनिर्भर र सचेत बनाउनेछ।”

कार्यक्रमको सञ्चालन वडा सचिव तुलसा थापाले गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु, निर्मला आङथोपा, सावित्रा सार्की लगायतको उपस्थिति रहेको थियो। वडाभित्रका १० वटा टोल विकास समितिबाट २० जना प्रतिनिधित्व गरी कुल २० जना महिलाहरूको सहभागिता रहेको थियो।

उद्घोषण तथा म्यानुअल लेखनसम्बन्धी’ प्रशिक्षण प्रदान गर्न मोफसल अनलाइनका सम्पादक तथा पुर्व टेलिभिजनकर्मी भरत प्रसाई र सञ्चारकर्मी निराजन निरौलाले प्रदान गर्ने जनाइएको छ । तालिम बैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रमबारे जानकारी दिँदै वडा सदस्य भगन टुडुले , “महिला नेतृत्व तथा स्थानीय तहको योजना निर्माणमा महिलाको सहभागिता सुनिश्चित गर्न यस्तो प्रकारको तालिम निर्णायक हुने बताउनु भयाे ।

यस किसिमको कार्यक्रमले स्थानीय तहका महिलाहरूलाई सशक्त बनाउँदै उनीहरूको सामुदायिक भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।














