कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको आज शुक्रबार समापन गरिएको हो।
वडा न ७ सभाहलमा आयोजित तालिम गत बैशाख २२ गतेबाट २६ गते ५ दिन सम्म सञ्चालन भएको थियो ।कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षतामा भएको समापन कार्यक्रममा कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले महिलाहरु आफ्नो व्यतित्व बिकास गर्न इच्छा शक्ति जागृत गर्नु पर्ने बताउनु भयो ।
उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनु भयो ।
उहाँले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो। प्रमुख अतिथि शिवाकोटीले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो ।
महिलाहरुका लागि आयमूलक तथा क्षमता बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा नम्वर ७ की कार्यवाहक वडाध्यक्ष सुब्बाले बताउनु भयो ।उहाँले आफुहरुले सिकेको सिपलाई सकेसम्म टोल समूह तथा भेला लगायतमा सहभागी भई सहि सदुपयोग गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।
। कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपोले स्वागत सहित चालू आर्थिक वर्षमा वडाबाट भएका कामका बारेमा जानकारी गराउनुभएको थियोे ।
उहाँले वडा न ७ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेस्ट नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको बताउनुभयो ।
उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु सतार, वडा सदस्य सावित्रा सार्की, टोल बिकास समिति ४ का अध्यक्ष कमल न्यौपाने , टोल बिकास समिति ८ का भक्त बहादुर तामाङ, टोल बिकास समिति ९ का अध्यक्ष महेश्वर शिवाकोटी लगायतले सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनुभएको थियोे ।
तालिमको सहजीकरण पत्रकार मोफसल अनलाइनका प्रबन्ध निर्देशक तथा कोशी दर्पणका समाचार प्रमुख भरत प्रसाई तथा सञ्चारकर्मी निराजन निरौलाले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहनु भएकी आशा शर्मा शिवाकोटीले महिलाहरु आफ्नो व्यतित्व बिकास गर्न इच्छा शक्ति जागृत गर्नु पर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनु भयो ।

तालिमका प्रशिक्षक प्रसाईले तालिम सिकाईको थालनी मात्रेै भएको बताउदै निरन्तर अभ्यास गरीरहन प्रशिक्षर्थीहरुलाई आग्रह गर्नु भयो । उहाँले महिलाहरुको क्षमता विकासमा यस किसिमका तालिम प्रभावकारी हुने बताउनुभयो ।
वडा नम्वर ७ की कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाकाे अध्यक्षतामा सम्पन्न तालिममा २२ जनको सहभागिता रहेको थियो ।

स्थानीय समाजसेवी विश्वपुरुष बास्कोटाले विशेष सहजीकरण गर्दै कार्यक्रम सम्पन्न गर्न विशेष भुमिका खेल्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी बविता लुवागुनले गर्नु भएको थियो ।














