भरत भाबुक प्रसाई । पूर्वमा पहिलो पटक बार टेन्डरहरुका लागि अन्तराष्ट्रिय प्रशिक्षकद्वारा २ दिने मास्टर कक्षा आयोजना हुने भएको छ ।
झापाको बिर्तामोड स्थित लोट्स लङग्स एण्ड हस्पिटालिटीमा आयोजना गरिएको इभेन्टलाई अन्तराष्ट्रिय डब्लुएफए द्वारा सटिफाई प्रशिक्षक राम गौतम एवं मिराकल बार टेन्टर एकेडेमीका सञ्चालक ओमप्रकाश कार्कीले प्रशिक्षण दिनु हुनेभएको छ ।
मे २८ र २९ अर्थात जेष्ठ १४ र १५ गते आयोजना गरिएको इभेन्टको मुख्य उदेश्य भनेको पूर्वमा रहेका बार टेन्टरहरुलाई अन्तराष्ट्रिय मिक्सोलाजी प्रतियोगिताको लागि तयार बनाउनुका साथै उत्कृष्ट वेभरेज सर्भका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु रहेको कार्यक्रमका संयोजक ओमप्रकाश कार्कीले बताउनु भयो ।
उहाँले निश्चित र सस्तो शुल्कमा बार टेन्टर, प्रतियोगिता तयारीका सम्बन्धमा आधारभुत ज्ञान पाउनुका साथै अन्तराष्ट्रिय क्षेत्रमा रोजगारीको अवसर समेत पाइने भएकाले पूर्वका सबै बार टेन्डरहरुलाई सहभागिताका निम्ति अपिल गर्नु भएको छ ।
इभेन्टका प्रशिक्षक स्ट्रिकली फेयर एकेडेकी काठमाण्डौ र न्युयोर्कका सह–संस्थापक हुनुहुन्छ । यस भन्दा अगाडी नेपालबाट सहभागि भएका विवेक दुलाल अन्तराष्ट्रिय मिक्सोलाजीमा उपविजेता बन्न सफल भएका थिए ।

उक्त प्रतियोगितामा इन्डिया बार शोमा अमेरिका , रुस मेक्सिको, आयरलान्ड, श्रीलंका, इटाली,दुबई लगायतका देशहरुबाट बार टेन्डरहरुको सहभागिता रहेको थियो ।
त्यस्तै केही समय अघि भएको इन्डिया बार शोमा फेयर बारटेन्डरतर्फ नवीन धामी प्रथम भएका थिए ।
प्रतिभा र रोजगारको बलियो अवसर बार टेन्डरहरुको लागि भविष्यको गर्भिलो आधार मास्टर क्लास इभेन्ट बन्न सक्ने छ ।
इभेन्ट मा ३५ देखि ४० जनालाई सहभागि गराइने संयोजक कार्कीले बताउनु भयो ।
बार टेन्डरको उत्पादन, पेय पदार्थका बारे जानकारी अन्तराष्ट्रिय सर्भ गर्ने तरिकाका बोरेमा २ दिने कक्षाबाट थाहाँ पाउन सकिने प्रशिक्षक गौतमले बताउनु भयो ।














