वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई का बुबा श्री मोहनप्रसाद भट्टराईको आइतवार हल्दिवारी २ स्थित निवासमा निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका भट्टराईका श्रीमती जानुका भट्टराई सहित तीन छोरा र सात छोरी रहेका छन् ।
भट्टराईका तीन छोरा वुहारीहरुमा कुमार– सीता, मोहन– टिका धनपति – रमा भट्टराई रहेका छन् ।
सात छोरीहरुमा गोमा कँडेल, प्रेमकुमारी कँडेल, लक्ष्मी खनाल, निर्मला पठक, सीता शिवाकोटी, सपना शर्मा र अम्विका शिवाकोटी रहेका छन् ।
पाँचथरको च्याङथापुमा जन्मिएका भट्टराई लामो समयदेखि हल्दिवारीमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए ।
उहाँ क्यानरी विद्यालयकी संस्थापक तथा प्रिन्सिपल श्री टिकादेवी चुडालको ससुरा बुबा हुनुहन्छ ।