काठमाडौँ । नेपाली कांग्रेसले राजसंस्था बारे सभापति शेरबहादुर देउवाको धारणा भन्दै प्रकाशित समाचारको खण्डन गरेको छ ।कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले विहिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले कहिँ कतै बोल्दै नबोलेको कुरालाई मनगढन्ते ढंगले संचार माध्यामले लेख्नु पत्रकारिताको मर्म र भावना विपरित भएको उल्लेख गरेका छन् ।   कांग्रेसले भ्रामक र यस्ता कपोलकल्पित समाचारको घोर निन्दा र भर्त्सना गर्ने उल्लेख गर्दै कांग्रेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेकोले यस्ता समाचारको विश्वास नगर्न आग्रह गरिएको छ ।

केहि प्रमुख संचार माध्यममा कांग्रेस राजसंस्थाप्रति लचिलो भन्ने आशयका समाचार प्रकाशित भएपछि कांग्रेसले त्यसको खण्डन गरेको हो ।