भरत भाबुक प्रसाई । पूर्वमा पहिलो पटक बार टेन्डरहरुका लागि अन्तराष्ट्रिय प्रशिक्षकद्वारा २ दिने मास्टर कक्षा सम्पन्न भएको छ ।
झापाको बिर्तामोड स्थित लोट्स लङग्स एण्ड हस्पिटालिटीमा भएको इभेन्टको सहजीकरण इभेन्टलाई अन्तराष्ट्रिय डब्लुएफएद्वारा सटिफाई प्रशिक्षक राम गौतम एवं मिराकल बार टेन्टर एकेडेमीका सञ्चालक ओमप्रकाश कार्कीले गर्नुभएको थियो कार्यशालामा झापा लगायत विभिन्न जिल्लाबाट आएका ४० भन्दा बढी बार टेन्डरहरुको सहभागिता रहेको थियो ।

मे २८ र २९ अर्थात जेष्ठ १४ र १५ गते सम्पन्न भएको इभेन्टको मुख्य उदेश्य भनेको पूर्वमा रहेका बार टेन्टरहरुलाई अन्तराष्ट्रिय मिक्सोलाजी प्रतियोगिताको लागि तयार बनाउनुका साथै उत्कृष्ट वेभरेज सर्भका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु रहेको कार्यक्रमका संयोजक ओमप्रकाश कार्कीले बताउनु भयो ।
अन्तराष्ट्रिय डब्लुएफएद्वारा सटिफाई प्रशिक्षक राम गौतमले इभेन्ट निकै अर्थपूर्ण भएको बताउनु भयो ।
उहाँले इभेन्टले पूर्वका बार टेन्डरहरुमा सिक्न खोज्ने बेग्लै किसिमको जुनुन रहेको बताउनु भयो । मास्टर कक्षामा इटहरी, बिराटनगर संगै कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरको सहभागिता रहेको थियो ।

इभेन्टबाट धेरै कुरा सिब्न पाएको विराटनगर बाट आउनु भएका बार टेन्डर विवश कार्कीले बताउनु भयो ।
उहाँले आयोजना गर्ने मिराकल एकेडेमी साथै प्रशिक्षकद्वय ओमप्रकाश कार्की र राम गौतमलाई विशेष धन्यवाद दिदै यस्तो इभेन्ट पूर्वमा हुनुसुखद कुरा रहेको बताउनु भयो । कार्यक्रमका प्रशिक्षक कार्कीले निश्चित र सस्तो शुल्कमा बार टेन्टर, प्रतियोगिता तयारीका सम्बन्धमा आधारभुत ज्ञान पाएको बताउदै अन्तराष्ट्रिय क्षेत्रमा रोजगारीको लागि कार्यक्रमले बाटो खोलिदिएको बताउनु भयो ।

सहभागिकरुले इभेन्टका कारण यही असार ३ र ४ गते हुन लागेको इस्टन क्राप्ट प्लेयर सिरिजमा सहभागिता हुन मद्वत पुगेको बताएका छन् ।
उनीहरुले बार टेन्डरको सपना साकार पार्न अन्तराष्ट्रिय मिक्सोलाजी प्रतियोगिताका लागि तयारी हुन कार्यक्रम निकैफलदायी रहेको प्रक्रिया दिएका छन् ।
इभेन्टका प्रशिक्षक स्ट्रिकली फेयर एकेडेकी काठमाण्डौ र न्युयोर्कका सह–संस्थापक हुनुहुन्छ । यस भन्दा अगाडी नेपालबाट सहभागि भएका विवेक दुलाल अन्तराष्ट्रिय मिक्सोलाजीमा उपविजेता बन्न सफल भएका थिए ।
उक्त प्रतियोगितामा इन्डिया बार शोमा अमेरिका , रुस मेक्सिको, आयरलान्ड, श्रीलंका, इटाली,दुबई लगायतका देशहरुबाट बार टेन्डरहरुको सहभागिता रहेको थियो ।
त्यस्तै केही समय अघि भएको इन्डिया बार शोमा फेयर बारटेन्डरतर्फ नवीन धामी प्रथम भएका थिए ।

प्रतिभा र रोजगारको बलियो अवसर बार टेन्डरहरुको लागि भविष्यको गर्भिलो आधार मास्टर क्लास इभेन्ट बन्न सकेकाे छ।
बार टेन्डरको उत्पादन, पेय पदार्थका बारे जानकारी अन्तराष्ट्रिय सर्भ गर्ने तरिकाका बोरेमा २ दिने कक्षाबाट थाहाँ पाउन मद्वत पुगेको प्रशिक्षक गौतमले बताउनु भयो ।














