खोटाङ, १७ जेठ । खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शिलन्याश गरे ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावतमा समस्या थियो । प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा मोटरेबल पुल बन्न लागेको हो ।

Pull-6-1-1024x576पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ । उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताउनुभयो । शिलान्यासको दिन शनिबारनै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याएको छ । बाँकी क्रमशः ल्याउने प्रमुख चौधरीको भनाइ छ ।