बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित न्युटन्स एकेडेमीको आयोजनमा जीवनोपयोगी तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ ।
न्युटन्स एकेडेमीका अभिभावक तथा शिक्षकहरुलाई मनोपरामर्शदाता तथा उत्प्रेरक बक्ता इश्वर श्रेष्ठ प्रशिक्षण प्रदान गर्नु भएको थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपि कृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई स्वागत गर्दै न्युटन्स एजुकेशन एकेडेमी का प्रधानाध्यापक देवेन्द्र हुँमागाईले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
उहाँले न्युटन्स एकेडेमीमा १५ सय विध्यार्थी रहेको बताउदै विद्यालय का अभिभावक हरुको क्षमता, जिम्मेवारी , जवाफदेहिता एवं बालबालिकाहरुको शिक्षा सिकाइमा खेल्नुपर्ने भुमिकाका सम्बन्धमा कार्यक्रम फलदायी हुने बताउनुभयो ।
कार्यक्रमको उद्धाटन प्रमुख अतिथि विर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पानसमा बति बालेर गर्नु भएको थियो ।
कार्यक्रमका प्याशन झापाका बिरिष्ठ उपाध्यक्ष एच के पाठक शुभकामना ब्यक्त गदै विद्यालय , शिक्षक र अभिभावक बिचमा अन्योन्याश्रीत सम्बन्ध रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समयमा पठन संस्कृतिमा कमी आएको बताउदै,बालबालिकाको मनोविज्ञानलाई प्रभाव पार्नका लागि नै भएपनि पठन संस्कृति हरेक परिवारमा हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रप्रसाद संग्रौलाले बालकालिकाहरुको पहिलो पाठशाला भनेको धर रहेको बताउनु भयो ।
उहाँले बालबालिकाको मनोविज्ञान बुझेर आमा बुबाहरुले व्यवहार गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई , प्यापशन झापाका उपाध्यक्ष एच के पाठक , हिसान झापाका अध्यक्ष उत्तम खनाल, जिल्ला समन्वय समितिका संयोजक , पर्वत पाेर्तेल पत्रकार तथा बाल सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल , मोफसल अनलाइनका सम्पादक भरत प्रसाई , पत्रकार सन्तोश न्यौपाने, देव बाँस्कोटा, तुलसी निरौला, इन्द्र सिहंराजवंशी लगायत ६ सय जना अभिभावक हरुको अपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रम ३ दिवसिय रहेको बताउदै , पहिलो २ दिन अभिभावक तथा अन्तिम दिन शिक्षक प्रशिक्षण कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुँमागाईले बताउनु भयो ।
प्रशिक्षण आज बाट सुरु भई जेष्ठ २४ समापन हुने उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रशिक्षक इश्वर क्षेष्ठले अभिभावक शिक्षा , बालबालिकाप्रति जिम्मेवारी कसरी हुने , असल र सफल छोराछोरी निर्माण अभियानका सम्बन्धमा ब्रफिङ गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमको सञ्चालन पत्रकार लिला अनमोल गर्नुभएको थियो ।