बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेसन एकेडेमीको आयोजनामा अभिभावक र शिक्षकका लागि आयोजना गरिएको तीन दिवसीय जीवनोपयोगी तथा प्रेरणादायी तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।
न्युटन्स एजुकेसन एकेडेमीका अभिभावक तथा शिक्षकहरूलाई तीन दिनसम्म मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गर्ने भएको थियो ।
गएको जेष्ठ २२ गते बाट सञ्चालित प्रशिक्षणमा क्रममा न्युटन्स एजुकेसन एकेडेमीका अभिभाबक १४ सय भन्दा बढीको सहभागिता रहेको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताउनु भयो ।
समापनका दिन जेष्ट २४ गते समुदायिक र संस्थागत गरि ९ विद्यालयका १ सय ५० जनाको सहभागिता रहको प्रिन्सिपल हुमागाईले बताउनु भयाे ।
समापन कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका विद्यालय व्यवस्थापन समितिका सदस्य सुवास तिम्सिनाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत लासाङग तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले स्वागतसहित औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
उहाँले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरूलाई विद्यार्थीको शिक्षाका लागी अभिभावकले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउन तालिम प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले बिहीबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बिद्यार्थीका अभिभावक, शुक्रवार कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीका अभिभावक र शनिबार ९ विद्यालयका शिक्षकहरूलाई तालिम प्रदान गर्दै कार्यक्रम समापन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन झापाका सचिव लक्ष्मी उप्रेती, बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत लासाङग तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रशिक्षणको सहजीकरण अन्तराष्ट्रिय स्तरमा ख्याती कमाइसक्नुभएका इश्वर श्रेष्ठले गर्नु भएको थियो ।
समापन कार्यक्रमको सञ्चालन न्युटन्स एजुकेसन एकेडेमीकी शिक्षिका पवित्रा पौडेलले गर्नुभएको थियो ।