कनकाई । भरत भाबुक प्रसाई, बाल चेतनामा गीता ज्ञान समृद्व बनोस कनकाई हाम्रो अभियान भन्ने मुलनाराका साथ सरस्वती बाल सञ्जाल क्लबको आयोजनामा श्रीमद्भागवत गीतामा नैतिक शिक्षाको खोजी बिषयक विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । कारितास नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रमलाई फक्तालुङ एजुकेशन फाउन्डेसनले अन्य सहयोग प्रदान गरेकाे थियाे ।
8888888
कनकाई नगरपालिका वडा नम्वर ७ भित्रका बालबालिकालाई नैतिक शिक्षाको बोध गराउन कार्यक्रमको आयोजना गरिएको सरस्वती वडा बाल संजाल का निवर्तमान अध्यक्ष रिजन तिम्सिनाले बताउनुभयो ।
99999999
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै तिम्सिनाले नैतिक शिक्षाले बाल मनोविज्ञापनमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यस किसिमको कार्यक्रम अावश्यक रहेकाे बताउनु भयाे । 

कनकाई नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउर्दै ससक्त सचेत र संस्कारी स्वभावको बिकास गर्न सर्वप्रथम बालबालिकामा नैतिकता आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजकुमार पोखरेलले बालबालिबालाई पठन संस्कृतिको साथै धर्म र आचरणको बारेमा पनि बेला–बेलामा ज्ञान दिन आवश्यक रहेको बताउनु भयो ।

777777

सरस्वती बाल सञ्जाल क्लबका अध्यक्ष निरज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका उप–प्रमुखआशा शर्मा शिवाकोटी, कनकाई नगरपालिका बाल कल्याण अधिकारी उमानाथ ढकाल, वडा नम्वर ७ का कार्यवाहक वडाध्यक्ष निर्मल आङथुप्पो , वडा सचिव तुलसा थापा,कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारि, फक्तालुङ एजुकेशनका प्रधानाध्यापक ओम बिक्रम नेम्बाङ,पत्रकार लगायत वडा नम्वर ७ का २ विद्यालयका गरि १ सय भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

777777777कार्यक्रममा श्रीमद्भागवत ज्ञाता पण्डित होमराज न्यौपानेले विद्यार्थीहरुसमक्ष हिन्दु दर्शन र श्रीमद्भागवतको सार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सरस्वती बाल सञ्जाल क्लबकी सचिव दिपमला लामिछानेले गर्नु भएको थियो  ।

कार्यक्रममा सहभागी बालबालिकाहरूले बाल क्लबले आयोजना गरेको कार्यक्रम कार्यक्रमहरु मध्येकै पृथक रहेको प्रतिक्रिया दिएका थिए ।

 बाल क्लबका  निर्वमान अध्यक्ष रजिन तिम्सिनाको  कार्यकालमा गरिएको काम समेटिएको डकुमेन्ट्री  प्रदर्शन गरिएको थियो ।