काठमाडौ । बाढीले डाइभर्सन बगाउँदा  बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको वैकल्पिक बाटो (डाइभर्सन) गएरातिको बाढीले बगाउँदा मंगलबार बिहान चार बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । 

बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन्। प्रहरीका अनुसार साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको छ । 

तर त्यसरी गएका गाडी नवलपरासी पश्चिममा पर्ने दुम्किबास दाउन्नेको उकालोमा हिलाम्मे सडकमा फसिरहेका छन् ।