बिर्तामोड । भरत भाबुक प्रसाई, सामाजिक परिर्वनको सरुवात ठूला ठूला भाषणले होइन , साना कर्महरुबाट सुरु गर्नुपर्छ ।
झापाको बिर्तामोड ६ स्थित शितलनगरमा गएको २ वर्षबाट ब्रेस्ट क्यान्सबाट ग्रसित २८ बर्षिय सरिता बिकलाई मेचीमहाकाली बुहारी संयुक्त आवाजले आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेको अध्यक्षतामा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिर्तामोड वडा नम्वर ६ का वडासदस्य गीता रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
झापा जिल्ला संयोजक गंगा भट्टराईले सञ्चालन गर्नुभएको औपचारीक कार्यक्रममा मेचीनगर वडा नम्वर १०का वडा सदस्य बिशाल कार्की, बिर्तामोड वडा नम्वर ६ स्थित हेल्थपोष्टकी स्वास्थकर्मी सावित्रा ढकाल, झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सदस्य प्रमीला उप्रेती, आजीवन सदस्य मिना यादव, पत्रकार ओमनारायण राजवंशी, भरत भाबुक प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

संस्थाकी केन्द्रिय अध्यक्ष काफ्ले तथा प्रमुख अतिथी रेग्मीले केही खाद्यान्य समानको साथमा नेपाल भरीका बुहारीको खाजा खर्च कटाएर संकलित दश हजार ६ सय ५ रुपैया पिडित ब्रेस्ट क्यान्सर पिडित सरिता बिकलाई प्रदान गर्नुभएको थियो ।
भनिन्छ नदिको सुरुवात पनि एउटा सानो मूलबाट हुन्छ । मेचीमहाकालीका बुहारीहरू आफ्नो छानोमा पानी चुहिदै गर्दा अर्काको छानो छाउन पुगेका छन् । दुःख र पिडाको छानो, बास्तवमा न्याय र परिर्वनका लागिसधै ठुलै संस्था पर्खिनु पर्दैन ।तपाई नै परिर्वतनको संवाहक बन्न सक्नुपर्छ ।
अनीमात्र देखेका सपनाहरुले मूर्तरुप हासिल गर्ने छन् । भनिन्छ जहाँ पिडा हुन्छ त्यहाँ परिर्वतनको शक्ति लुकेको हुन्छ ।
गरिवीको जजरता भित्र भोको पेट भर्ने सपना, अलि राम्रो न्यानो कपडामा रातको सिरेटो छेल्ने उदेश्य अनी, आमा छोरा छोरी श्रीमतिका अन्य चाहना असिम पिडाभित्र रुमलिरहेको बेला श्रीमान जगतलाई अर्को बज्र प¥र्यो ।
दिनभरी चियाका कमानमा आशु लुकाउदै विवशतामा खुसी भएको भान गराउदै छन परिवारलाई उनी ।
तर श्रीमतिकाे प्राणघातक रोगका लागि पैसा जुटाउन नसक्दा भित्र भित्रै गुमसिएका छन् । के गरौ कसो गरौ भनी छटपटाईरहेका बेला सहयोग अभियानको थालनी मेचीमहाकाली बुहारी संयुक्त आवाजले गरेको छ ।
जीवन गुनाँसो गर्नका लागि मात्र हैन कर्म गर्नका लागि पनि हो भन्ने महान लक्ष्यले महिलाहरु एकजुट भएको झापा जिल्ला संयोजक गंगा भट्टराईले बताउनुभयो ।
उहाँले नेपालभरी ५३ भन्दा बढी स्थानमा संस्था बिस्तार गरिसकिएको बताउनुभयो । मेचीमहाकाली बुहारी संयुक्त आवाजको सय रुपैया बचत अभियानले स्वास्थ्य गुमाउँदै गरेका , गरीबीले थिचिएका, समाजको छायाँमा परेका महिलाहरुलाई जीवन जीउने आधार प्रदान गरेको झापा जिल्ला सह–संयोजक रोशनी अधिकारीले बताउनुु भयो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै अध्यक्ष काफ्लेले सहयोग पवित्र मनले गर्न आग्रह गर्नुभयो । उहाँले पवित्र मनले गरिएको सहयोगबाट भिन्न किसिमको खुसी मिल्ने बताउनुभयो ।
उहाँले जीवनको पुरस्कार भनेको मनको खुःसी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्वर ६ की जनप्रतिनीधी सरिता रेग्मीले १ सय बचत अभियान अरुका लागि प्रेरणाको श्रोत बन्न सक्ने बताउनुभयो ।














