बिर्तामोड। भरत प्रसाई, युवा नागरिक समाज झापाले विगत केही दिनदेखी उपचार नपाई थलिएका बिर्तामोड –४ अस्थाइ ठेगाना भएका अमित डालीलाई उद्वार गरि प्रादेशिक अस्तपाल भद्रपुरमा भर्ना गरेको छ ।

समाजमा मानवता हराउदै गएको वर्तमान अवस्थामा युवा नागरिक समाजले फेरी एकपटक मानवताको उदाहरण प्रस्तुत गरेको छ । झापाको शश्चिरेमा जन्मिएका डाली  जीवन धान्न मजदुरी गर्दै आएका छन् । 

१ छोरा श्रीमति सहित बिर्तामोड ४ मा बसोबास गर्दै आएका डाली सवारी दुर्धटनामा परेका थिए ।  युवा नागरिक समाजका केन्द्रिय सदस्य विशाल खड्काको सूचनाका आधारमा केन्द्रिय अध्यक्ष  केशव भण्डारी सहितको टिमले उहाँलाइ उद्वारगरि   प्रादेशिक अस्पताल पु¥याएको  थियो ।

अस्पताल प्रशासानसंग कुरा गरि समाजले सकेसम्म  सहजरुपमा उपचारको व्यवस्थान गरेको  युवा नागरिक समाजका उपाध्यक्ष देव संग्रौलाले बताउनुभयो ।

1

३५ वर्षका युवा मजदुरले आफ्नो उपचार गर्न नसकि छटपटिरहेको बेलामा युवा  नागरिक समाजका अध्यक्ष भण्डारीले आफ्नो श्रोतसाधनको प्रतियोग गरि  उनलाई अस्पताल पु¥याउनु भएको हो । 

 युवा नागरिक समाज सत्य र न्यायका पक्षमा आवाज विहिनहरुको  आवाज  बन्न सधै तत्पर रहेको अध्यक्ष  भण्डारीले बताउनुभयो ।

उद्वार कार्यमा युवा नागरिक समाजका केन्द्रिय सदस्य, कमल भट्टराई, लक्ष्मण बस्नेत ,चन्द्र प्रसाई, बिशाल खड्का लगायतको समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।