चन्द्र बस्नेत 

दुर्गापुर । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनमा  शैक्षिक सत्र २०८२ देखि ‘क्रियाकलापमा आधारित शिक्षण सिकाई’ कार्यक्रम सञ्चालनमा ल्याएसँगै आज असार ५ गते बिहीबारदेखि  झापामा नै नयाँ र पहिलो शिक्षण सिकाई पद्धति सप्ताह व्यापी डियर प्रोग्राम सुरु भएको  छ।

पछिल्लो समय नानी बाबू देखि अभिभावक सम्म नै किताबी ज्ञान देखि बाहिर गई बढ्दो मोबाइलको प्रयोगले पढाईमा असर परेको भन्दै नयाँ प्रविधि अपनाउदै डियर प्रोग्राम सुरु गरिएको हो।

यसमा विद्यालयका सबै परिवार विद्यार्थी शिक्षक कर्मचारी सहित त्यहाँ पुग्ने जो कोहीले पनि किताबी ज्ञान अध्यन गर्नुपर्छ भन्दै सबै काम छोडेर हातमा किताब लिएर कम्तिमा पनि १० मिनेट सम्म किताबी ज्ञान लिने र त्यसले अध्यन गर्ने बानीको विकास हुने फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै जीवन उपयोगी शिक्षा अन्तर्गत यस्तो खालको शिक्षा दिन सुरुगरिएको बताउनुभयो  ।

यो खालको सिकाईले विद्यार्थी र अविभावकहरुमा समेत बढ्दो सामाजिक सन्जालको प्रयोग घटाउदै किताबी ज्ञान प्रतीको आकर्षण बढाउने विश्वास गर्नुहुन्छ शिक्षक  विश्वास श्रेष्ठ नयाँ र छोटो प्रकारको डियर प्रोग्रामको सिकाईबाट  

आफुहरुले शिक्षा छुट्टै प्रकारको र अविस्मरणीय ज्ञान प्राप्त गरेको बताउछ्न कक्षा १० र ९ मा अध्यनरत छात्रा र छात्र जिज्ञासा दाहाल र मुकेश थापा ।

. यस्तो प्रकारको नौलो शिक्षण पद्वत्ती द्वारा हुने सिकाईले विध्यार्थीमात्रै नभई सबैले सिकाई गर्दै अगाडी बढ्न जरुरी रहेको बताउनु हुन्छ सोही विद्यालयमा आवद्ध  चित्रकार पवन राजवन्शी , १६ बर्ष अघि स्थापना भएको विद्यालयमा आफुहरुले सिकाई प्रक्रियालाई नयाँ सँगसँगै थेउरी र प्राक्टिकल दुबै माद्यमबाट अघि बढी र यस्तो खालको सिकाईलाई स्थानीय तह अन्तर्गत नगर प्रमुख र शिक्षा शाखाले  एक पटक अवलोकन सहित सुझाव समेत दिन आग्रह गर्नुहुन्छ ।

  पुनः फाउण्डेशनका प्रिन्सिपल नेम्वाङले  जसरी  फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनले नयाँ शिक्षण पद्धति डियर प्रोग्राम ल्याएको छ।

यसको आवश्यकता , निरन्तरता र प्रभावकारीताको अध्ययन गरि सबै विद्यालयहरुले पनि लागू गर्ने र स्थानीय तह अन्तर्गत शिक्षा शाखाले पनि अनुगमन गर्दै निरन्तरताका लागि स्थानीय तहहरुले केही हिस्सा स्वरुप बजेटको व्यवस्थापन गरि अघि बढे नानी बाबुहरुमा पछिल्लो समय मोबाइलसँगसँगै सामाजिक संजाल प्रयोग गर्ने बानी हटाउन समेत सहज हुने निश्चित छ।