चन्द्र बस्नेत
कनकाई । ८ असार झापाको कनकाई नगरपालिका वडा न ७ ले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने पुर्व सन्ध्यामा सरोकारवालासँग सुझाव संकलन गरेको छ।
वडा कार्यलयले आगामी आर्थिक वर्षकाे वार्षिक नीति तथा कार्यक्रमका लागि आज आईतवार सरोकारवालाहरूसँग राय सुझाव संकलन गरेको हो । वडा कार्यलयको सभा हलमा वडा अध्यक्ष भीष्मभुषण सिटौलाको अध्यक्षतामा भएको सुझाव संङ्कलन कार्यक्रममा नगरमा आगामी १० गते मंगलबार पेश हुन लागेको बजेटको पुर्व सन्ध्यामा नगरबाट प्राप्त हुने सिलिङ्गको आधारलाई खाका बनाई आवश्यकता र प्राथमिकताका आधारमा सुझाव संङ्कलन गरिएको थियोे ।
कार्यक्रममा वडा अध्यक्ष सिटौलाले करिब ७२ लाख रुपैयाँ प्राप्त हुने र त्यसकै आधारमा सुझाव दिन अनुरोध गर्नुभएको थियोे ।
सुझाव संङ्कलन कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी , एमाले वडा सचीव टीका प्रसाद उप्रेती , माओवादी केन्द्र सचीव अनिरुद्र चापागाईं,रास्वपा सचिव प्रेम प्रसाद भण्डारी , संघिय लिम्बुवान रास्टिय मुक्ती मोर्चा वडा अध्यक्ष प्रेम खम्बु, दुर्गापुर बजार ब्यवस्थापन समिती उपाध्यक्ष दिलुकुमार पोखरेल , भृकुटी माद्यामिक विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नवीन बस्नेत , नगर बाल संजालका सचीव रिजन तिम्सिना लगायतले प्राप्त हुने बजेटलाई आवश्यकता र प्राथमिकताका आधारमा बिनियोजन गर्न सुझाव दिएका थिए ।
अधिकाङ्श वक्ता हरुले शिक्षा , स्वास्थ्य , कृषि , खानेपानी र भौतिक पुर्वाधारसँगै बालबालिका तथा खेलकुदको क्षेत्रमा समेत बजेट विनियोजन गर्न सुझाव दिएका थिए ।
वडा न ७ मा रहेको एउटा मात्रै सामुदायिक विद्यालय भृकुटी माद्यामिक विद्यालयलाको स्तर उन्नति सहित पुर्वाधार निर्माणतर्फ त्यस्तै स्वास्थ्यमा विपन्नलाई आर्थिक सहयोगका साथै निसुल्क स्वास्थ्यबिमामा बजेट बढाउने, कृषि सामाग्री वितरण गर्दा आवश्यकतालाई प्राथमिकतादिन आग्रह गर्दै समय समयमा अनुगमन बढाउन त्यस्तै हरेक ३/३ महिनामा वडामा आय-व्यय सम्बन्धि सार्वसुनुवाई गर्ने नसकेमा वडा कार्यलयको पेजबाट माभएपनि सार्वजनिक गर्न समेत माग गरेका थिए ।
त्यस्तै नगर बाल संजालका सचीव रिजन तिम्सिनाले बालबालिकाको क्षेत्रमा पनि उचित सम्बोधन गर्न बुधागत माग पत्र नै हस्तान्तरण गर्नुभएको थियोे ।
सुझाव संकलनार्थ गरिएको अन्तरक्रिया कार्यमामा वडा अध्यक्ष सिटौला , अन्य वडा सदस्यहरुले जवाफ दिनुभएको थियोे । प्राप्त सुझाव पछि वडा अध्यक्ष सिटौलाले प्राप्त बजेटलाई सबैको सुझावलाई आत्मा साथ गर्दै अगाडी बढ्ने बताउनु भयो।
उहाँले प्राप्त बजेटको ३० प्रतिशत भौतिक पुर्वाधार त्यस्तै अन्यलाई शिक्षा ,स्वास्थ्य , युवा महिला जेष्ठ नागरिक , बालबालिका , विद्यार्थी , दलित अल्पसंख्या बजार व्यवस्थापन , खानेपानी , खेलकुद , वडामा रहेका टोल विकास सस्था , विभिन्न संघ-सस्था सबैलाई आवश्यकता र मागका आधारमा सम्बोधन गर्नुपर्ने भएकाले भने जति बजेट नपुगेपनि उचित सम्बोधन गर्ने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा वडाका १० वटै टोलक संयोजक तथा प्रतिनिधि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि बाल संजालका सचीव सहित प्रतिनिधि , महिला जेष्ठ नागरिक अन्य वडा बासी सहित एकसय बढीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव तुलसा थापाले गर्नुभएको थियोे ।














