एजेन्सी । युद्धविराम प्रयासबीच इजरायलले गाजामा आक्रमण जारी राखेको छ ।
अलजजिराका अनुसार पछिल्लो आक्रमणमा ८० जनाको मृत्यु भएको भने ४०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन्।
गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ।














