विर्तामोड : विश्वबजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका Industrial Adhesive का विभिन्न उत्पादनहरु आज देखि झापामा विक्री वितरण शुरु भएको छ ।
SATO ब्राण्डले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको छ । भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफनो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ । अत्याधुनिक उत्पादन एकाइहरू र उच्च स्तरीय प्रविधिको प्रयोग गदै , साटोले मिक्सिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरू सनिश्चित गरेको छ ।

ट्राईनोक्स कम्पनीले यसअघि घटस्थापनाको असर पारेर काठमाडौंमा ब्यवसायीक कारोवार शुरु गरेको थियो । छोटो समयमा नेपालका प्रमुख सहरहरु विरगञ्ज, जनकपुर, लहान, इटहरी, विराटनगर ,धरान, विर्तामोड, पोखरा लगाएतका सहरहरुमा कारोबार सुरु गरिसकेको छ । छोटो समयमै नेपालका शहरहरूमा व्यसाय विस्तार गर्न सफल SATO नेपालमा adhesive ब्रान्डमध्ये पहिलो ब्रान्ड हो । सातै प्रदेशमा आफना डिस्टीब्युटरहरू मार्फत ९०० + डिलरहरूको मार्फत
४०००+ कर्पोरेटहरूले यसको उत्पादनहरू प्रयोग गरररहेका छन ।SATO को उत्पादनमा विभिन्न प्रकारका चिपकने सामग्रीहरू समावेश छन,
जसमा ARCYLO, XTREME, OCEAN, ELITE, DELUXE / HEATGAURD जस्ता उच्च गुणस्तरी बुड एडहेसिव तथा रबर एडहेसिवहरू रहेका छन । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्रात्र गरेको छ ।














