अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताउनु भएको छ । उहाँले अर्जुनधारामा जग्गाधनी पुर्जा वितरण सुरुवात गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निस्सा वितरण गर्दा धेरैले पुर्जा पाइएला र भन्दै अविश्वास प्रकट गर्नुभएको थियो । अहिले त्यो अविश्वास तोडिएको छ ।
पुर्जा वितरण गर्न सफल भएका छौं ।’ नगरवासीहरुलाई अब निरन्तर जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभएको छ ।
अर्जुनधारामा बुधबार ९६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गरिएको हो ।
सभामुख देवराज घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो ।














