बिर्तामोड । बिर्तामोड नगर स्काउटको आयोजनामा तथा न्युटन्स एजुकेसन एकेडेमीको समन्वयमा सञ्चालन गरिएको तिन दिवसीय दलनायक तालिम आज विशेष समारोहका बिच सम्पन्न भएको छ ।
दलनायक तालिममा बिर्तामोड भित्र रहेका २५ समुदायिक तथा निजी बिद्यालयबाट जम्मा ४० जना छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

तालिम बिर्तामोड नगर क्षेत्रभित्रका विभिन्न विद्यालयमा स्काउटको गतिविधीलाई चलायमान बनाउदै सामाजिक दायित्वमा विद्यार्थीसहभागिता बढाउने उदेश्यले आयोजना गरिएको बिर्तामोड नगर स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माले बताउनुभयो ।
प्रमुख अतिथि तथा नगर प्रमुख स्काउट नगेन्द्र प्रसाद संग्रौलले बालबालिकालाई सृजनशिल बनाउर्दै सामाजिक दायित्व सम्बन्धमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
बिचार, चिन्तनमा बालबालिकालाई मजबुद पार्दै विद्यार्थीलाई कुलतको मार्गबाट रोक्न स्काउटका कार्यक्रमहरुले ठुलो सहयोग पुग्ने बताउनु भयो ।
तालिमको कोर्स लिडर न्यायजर निकुञ्ज शर्मा रहनुभएको थियो। उहाँको निर्देशनमा सहभागीहरूलाई नेतृत्व विकास, अनुशासन, टोली समन्वय, स्काउट मूल्य र व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम अवधिभर समूहगत अभ्यास, कार्यशाला, स्काउट शपथ, नेतृत्वमूलक खेल तथा ज्ञानमूलक गतिविधिहरू सञ्चालन गरिएका थियो ।
गत असार ३२ गतेबाट सञ्चालित तालिमको दोश्रो दिन सम्पूर्ण खराब र बेकार तत्वलाई तिलान्जली दिदैं सामाजिक सेवामा समर्पित हुने प्रण गर्न फायर क्याम्पको आयोजना गरियो । कार्यक्रममा बोल्दै स्काउट नगर परिषद सदस्य तथा न्यूटन्स फाउण्डेशनका प्रधानाध्यापक देवेन्द्र हुमागाईले विद्यार्थीको क्षमता विकासमा स्काउटको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले स्काउटले विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास, जिम्मेवारीबोध, र सामाजिक सेवा भावना बढाउने कार्यमा उल्लेखनीय योगदान पु¥याउने भएकाले सबै नगरका सबै विद्यालयहरुले स्काउटको स्थापना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगर स्काउट वित्त आयुक्त कपिल सापकोटाले कार्यक्रमको औचीत्यमाथी प्रकाश पार्दै उपस्थित अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।
आज सम्पन्न कार्यक्रममा बिर्तामोड नगर शिक्षा शाखा अधिकृत तथा स्काउट परिषद सदस्य ,लासाङ तामाङ, नगर परिषद सदस्य वेदप्रकाश अग्रवाल, अर्जुन चुडाल, खगेन्द्रराज आङदाम्बे,समाजसेवी रोनक बंशल, कोर्श लिडर गल्स संगीता पराजुली, परिषद स्काउटर, प्रमीला भण्डारी,रोजीना उप्रेती, हिसान झापाका कोषाध्यक्ष तथा नीधि कलेजका प्रिन्सिपल रन्जीत शाह , पत्रकार मोफसल अनलाइन.डट कमका सम्पादक भरत प्रसाई , सुर्योदय टेलिभिजनका संवादाता देव बाँस्कोटा लगायत बिर्तामोड नगर भित्रका विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
समापन समारोहमा सहभागी विद्यार्थीहरूले नृत्य, गायन लगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए, जसले सम्पूर्ण तालिम वातावरणलाई उत्साहजनक बनाएको थियो।
अन्त्यमा, सहभागी स्काउटहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरूले स्काउटिङ्गको महत्व र योगदानबारे प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए।














