झापाको विर्तामोडमा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का लागि नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यूटन्स एजुकेशन एकेडेमीका कोअर्डिनेटर केवल सापकोटाले अपस्थित अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।
उहाँले न्यूटन्स एजुकेशन एकेडेमीले स्कोरका लागि मात्रै आफ्नो सिकाइलाई प्राथमिकता नदिएर विद्यार्थीहरुलाई नैतिक बनाउन लागि पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा गीतका माध्यमबाट कक्षा ८ कि रुवी पाठकले उपस्थित अतिथिहरुलाई स्वागत गरेकी थिइन ।
कार्यक्रममा विद्यालयका शिक्षकहरुले आफुले पढाउने बिषयको बारेमा जानकारी प्रदान गदै न्यूटन्स एकेडेमीको शैक्षिक गुणस्तरीयताका बिषयमा प्रकाश गराउनुभएको थियो ।

कार्यक्रममा त्रिदेव कलेज व्यवस्थापन समितिका अध्यक्ष हरि धिमिरेले स्व. हरि प्रसाईंले शैक्षिक क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले स्थानीय तहले शैक्षिक क्षेत्रको सन्तुलित बिस्तार गर्न नसकेको बताउनुभयो ।
एउटै वडामा २ देखि ३ वटा कलेज सञ्चालन हुँदा विभिन्न प्रसाशनिक कठिनाई हुनेगरेको उहाँले बताउनु भयो ।

न्यूटन्स एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईले संस्थापक हरि प्रसाईंले विध्यालय केवल व्यक्तिको मात्रै नभएर समाजको हुने बताउदै,शिक्षामा संवेदनशीलता भएन भने समाज अन्धकारको मार्गमा अधि बढ्ने बताउने गरेको स्मरण गर्नुभयो ।
उहाँले सामाजिक रुपान्तरणमा शिक्षाको अहम भुमिका रहेको बताउनुभयो । आफ्नो सपनालाई साकार पार्न विध्यार्थीहरुमा इच्छाशक्ति हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा पत्रकार तथा नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले उत्प्रेक बिचार राख्दै विध्यार्थिहरुलाई मोटिभेट गर्नुभएको थियो ।
उहाँले जसरी एउटा सानो बिरुवा रातारात ठुलो रुख बन्न सक्दैन त्यसरी नै बालबालिका सोचमा परिर्वतन आउन पनि समय लाग्ने बताउनुभयो । उहाँले अभिभावकले सधै सकारात्मक सोच राखेर बालबालिकाको मनोबिज्ञानलाई बुझेर व्यवहार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष किशोरकुमार पौडेलले संधर्षबाट कसैले डराउनु नहुने बताउनुभयो । उहाँले पिडा र चोटलाई सहन गर्न सक्ने प्रेसर झेलेर आफ्नो कर्ममा निरन्तर लागिरहने मान्छे मात्रै सफल हुने बताउनु भयो ।
न्यूटन्स एजुकेशन एकेडेमीमा यो वर्ष २सय भन्दा बढी बिद्यार्थीहरुले ११ कक्षामा भर्ना गरेका छन् । कार्यक्रमको सञ्चालन न्यूटन्स एजुकेशन एकेडेमीकी शिक्षक पवित्रा पौडेलले गर्नु भएको थियो ।














