बिर्तामोड। झापा बिर्तामोड निवासी  अभिजित अधिकारी नेपालकै चर्चित गायन रियालिटी सो मेरो भ्वाइस युनिभर्स सिजन 2 को प्रतिस्पर्धामा  उत्कृष्ट टप १० मा पर्न सफल भएका छन्।

इलाम जिल्लाको सूर्योदय नगरपालिका ११  सुन्तले भन्ने गाउँमा जन्मिएका अधिकारी विगत १२ वर्षदेखि बिर्तामोड ५ लालीगुराँस टोलमा बस्दै आएका छन्। विगत ९ बर्षदेखि निरन्तर संगीत सिक्दै आएका अभिजित हाल सप्तक संगीत विद्यालय बिर्तामोडमा संगीत साधना गरिरहेका छन्।

इलाम जिल्लाको सूर्योदय नगरपालिका ११  सुन्तले भन्ने गाउँमा जन्मिएका अधिकारी विगत १२ वर्षदेखि बिर्तामोड ५ लालीगुराँस टोलमा बस्दै आएका छन्।

142578

पढाइमा समेत अब्बल रहेका १८ वर्षीय अभिजित प्याब्सनका विभिन्न प्रतियोगिताहरूमा सहभागी भएर बिजेता वनिसकेको उनका बुबा कृष्ण अधिकारी बताउँछन्।

बिर्तामोडका युवा व्यवसायी कृष्ण अधिकारीले  आफ्नो छोराको गायनको  निर्णय भोटिङ राउन्डबाट समेत हुने भएको हुँदा सम्पूर्ण आफ्ना दर्शक तथा श्रोताहरूलाई  भोटमार्फत सहयोग गर्न अपिल पनि गरेका छन्।

उनले अभिजित अधिकारीलाई भोट गर्नका लागि नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई MVU टाइप गरेर एक स्पेस दिइ 01 लेखेर 37000 मा मेसेज गरी भोट गर्न सकिने र देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले My Intra app download गरेर  सो मार्फत पनि निःशुल्क र सशुल्क भोट गर्न सकिने बताए।

उनले हरेक हप्ताको सोमबार वेलुकादेखि शुक्रबार बेलुका ५ बजेसम्म  भोट गर्न सकिने बताए।

आफ्नो छोराको गायकीको प्रशंसा सबैले गरेको बताउँदै उनले अभिजित अधिकारीलाई भोट गर्न सबैलाई आग्रह गरे। 

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले  बिर्तामोड र पूर्वलाई परिचित गराउन सफल प्रतिभालाई  जिताउन सबै लाग्नु पर्ने  बताए ।

अभिजित अधिकारी जिताउ अभियानका सदस्य युवराज उप्रेती,अभिजितका गुरू सप्तक संगीत विद्यालयका संगीत गुरू सरोज वत्स, अभियानका सदस्य तारा कार्की,बिरबहादुर चौहानले समेत अभिजित अधिकारीलाई बिजयी बनाउन भोट गर्न सबैलाई आह्वान समेत गरेका छन्।