बिर्तामोड । लामो समयबाट जनमुखी पत्रकारितामा कलम चलाउनुभएका शव्द पत्र डट कमका सम्पादक उद्वव पुरी देवकुमार आचार्य डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुनुभएको छ ।
उहाँलाई नेकपा माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङ ,पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरि ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा अग्रज पत्रकार दिपिन राईलेसंयुक्त रुपमा दोसल्ला खादा सहित नगद ४२ हजार रुपैयाले सम्मान गर्नु भएको हो ।
बिर्तामोडबाट प्रकाशित शब्दपत्र डटकमका सञ्चालक सम्पादक पुरी दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको हाे । उहाँ यसअघि ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध हुनुहुन्थ्यो।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को नामबाट स्थापना गरेको डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ ।
प्रेस सेन्टर नेपाल झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका निवर्तमान अध्यक्ष राजु पाठकले डी. कौडिन्य स्मृति पत्रकारिताको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
उहाँले देवकुमार आचार्य डी.कौडिन्य जनपक्षिय पत्रकार रहेको बताउनुभयो । २०२८ सालको झापा जनआन्दोलन होस या माओवादीले गरेको जनयुद्धमा उहाँले अमुल्य भूमिका खेलेको बताउनु भयो ।
उहाँ प्रगतिशील लेखक रहेको बताउदै , उहाँ सर्वहारा वर्गका लागि प्रेरणा र उत्प्रेरक व्यक्तित्वका रुपमा सदैव जिवित रहने बताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङले गमलामा पानी हालेर व्यानर पढेको कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।
शहिदहरुको तस्बिरमा माल्यार्पण गरि उद्धाटन गरिएको कार्यक्रममा प्रेस सेन्टरले स्थापना गरेको डि. कौडिन्य स्मृति पत्रकारिता वितरण अक्षकोष लागि प्रेस सेन्टर नेपाल कोशी प्रदेश सदस्य आइपी भट्टराईले ५५ हजार ५ सय ५५ सहयोग गर्नु भएको थियो ।
त्यस्तै मेचीनगर १२ का राजन चिमरियाले ३१ हजार नगद अक्षयकोषलाई गरेको सहयोगलाई मुल्यांकन गर्दै दाताको रुपमा सम्मान गरिएको थियो ।
डी. कौडिन्यको परिवारको तर्फबाट यमुना अधिकारीले उहाँले देखाएको बाटोमा सञ्चार क्षेत्र लागे सामाजिक रुपान्तरण निश्चित रुपमा हुने बताउनुभयो ।
मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईं ,नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस युनियन गिरिराज भट्टराई , प्रेस चौतारीका सचिव युवराज आचार्य , पत्रकार महासंध झापा शाखाका अध्यक्ष एकराज गिरीले स्व। डि. कौडिन्य व्यतित्वमाथी चर्चा गर्दै पत्रकारहरुलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।














