बिर्तामोडमा झापा रक स्टार कार्यक्रम हुने भएको गरिएको छ ।
अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने कार्यक्रममा झापा जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक सुनिता तामाङले जानकारी दिनु भयो ।
सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सांगीतिक समूहहरूबीच प्रतिस्पर्धात्मक सांगीतिक प्रतियोगिता हुने संयोजक तामाङले बताउनुभयो ।
आगामी साउन १० गते पहिलो अडिशन बिर्तामोडको मोक्ष होटलमा हुने र पहिलो चरणबाट दोस्रो चरणमा छनौट भएका टप ३ वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणमा प्रतिस्पर्धा गर्ने उहाँले बताउनु भयो ।
ब्यान्डमा कम्तिमा पाँच जना सदस्यहरु अनिवार्य हुनुपर्ने कार्यक्रम संयोजक सुनिता तामाङले बताउनु भयो ।
कार्यक्रमको नाम रक स्टार रहेकाले प्याप र पप संगितलाई मात्रै प्राथमिकता मा राखिएको बुझाइ हुन सक्ने भन्दै नेपाली लोक बाजाको संरक्षण गर्दै संगितमा युवाहरुको सहभागिताका लागि यो कार्यक्रमको आयोजना गरिएको इभेन्ट कोअडिनेटर सुनिता तामाङ बताउनु हुन्छ ।
कार्यक्रमका वरिष्ठ संगितकार कृष्ण योञ्जनले संगित मार्फत समाजको संस्कृति र मौलिकताको प्रर्वद्वन गर्न कार्यक्रम फलदायी हुने बताउनु भयो ।
कार्यक्रममा आयोजक समितिका सल्लाहकार कृष्ण योञ्जन, अमृत पौडेल, प्रकाश संग्रौला , लगायतले कार्यक्रम सफल बनाउन सम्पूर्ण संगित प्रेमीहरु लाग्न आग्रह गरेका थिए ।
झापा रक स्टार कार्यक्रम विगत वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुदैं आएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५०, ३० र २० हजार नगद पुरस्कारसहित मेडल तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ














