बिर्तामोड। नेवा : देय्  दबू झापा जिल्ला कार्यसमितिको आयोजना तथा नेवा : देय्  दबू बिर्तामोड नगर समिति र नेवा : मिशा दबू  झापा जिल्ला कार्यसमितिको सहआयोजनामा गाईजात्रा उत्सव  तथा लाखे प्रतियोगिता हुने भएको छ। 

आगामी साउन २४ गते बिर्तामोडमा उक्त कार्यक्रम हुने भएको हो। 

झापाको बिर्तामोडमा पहिलो पटक गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नेवा : देय्  दबूका कोशी प्रदेश निवर्तमान अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले बताए।


 जनहितमा जारी

कार्यक्रममा ख्यातिप्राप्त कवी तथा कलाकारहरूले व्यङ्ग्यात्मक साहित्यिक कार्यक्रम गरिने र त्यसपछि लाखे प्रतियोगिता गरिने उनले बताए। 


लाखे प्रतियोगिताको प्रथमलाई १० हजार,द्वितियलाई ७ हजार,तृतीयलाई ५ हजार र सान्तवनालाई जनही एक हजार पुरस्कार दिइने उनले बताए। 


कार्यक्रममा नेवा : देय्  दबू झापा जिल्ला कार्यसमितिका अध्यक्ष यामबहादुर श्रेष्ठले स्वागत गरेका थिए। 

कार्यक्रममा प्रचारप्रसार संयोजक ओमप्रकाश श्रेष्ठले  कार्यक्रमको  तयारी बारे सहभागीहरुलाई जानकारी गराएका थिए। 

कार्यक्रममा नेवा : देय्  दबू झापा जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष भरत श्रेष्ठले  गाईजात्राको ईतिहासबारे जानकारी गराउँदै नेवारी धर्म परम्परा संस्कार संस्कृतिको संरक्षण गर्न बिर्तामोडमा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिताको आयोजना गरिएको बताए। 

कार्यक्रमको सञ्चालन  नेवा : देय्  दबू झापा जिल्ला कार्यसमितिका सचिव लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए।