बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुल, बिर्तामोड–३, झापाले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले झापाको प्रसिद्ध धार्मिक स्थल अर्जनधारा धाम (पूर्वको पशुपतिनाथ) मा अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
वुधवार अर्जनधारा धामको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका शिक्षकहरू तथा व्यवस्थापन टिमको साथमा सम्पन्न भएको भ्रमणले विद्यार्थीहरूमा पाठ्यपुस्तक बाहिरको ज्ञान, सामाजिक बौद्धिकता र सांस्कृतिक मुल्यबोधमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ छ ।
यस्ता शैक्षिक भ्रमण कार्यक्रमहरूले विद्यार्थीहरूमा सक्रिय सिकाइ, व्यवहारिक ज्ञान र समूहमा काम गर्ने क्षमताको विकासमा टेवा पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले बताए ।
लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए । उनले लिङ्कन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् ।
मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।














