पिट्सबर्गअमेरिका/ अर्जुन प्रधान 

 नेपाली भाषा, कला र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिका निवासी नेपाली भाषी भुटानी कलाकारहरूको सक्रियतामा विशेष सांगीतिक साँझको आयोजना हुने भएको छ।

"बामा" (भुटानी अमेरिकन म्युजिकल एशोसिएसन) नामक संस्थाको आयोजनामा हुने यस कार्यक्रमले नेपाली मौलिक वाद्यवादन, परम्परागत लोकधुन, गजल तथा आधुनिक गीतहरू प्रस्तुत गर्दै नेपाली कला र संस्कृतिको प्रचार-प्रसार गर्नेछ।

कार्यक्रममा बाँसुरीमा हेम तामाङ, सारङ्गीमा भरत तामाङ, गितारमा विजय राई, बेस गितारमा हरिस गजमेर, तबलामा चन्द्र कार्की, मोटरसाइलीमा मदन लियो र इन्द्र लामिछाने, तथा ड्रम अक्टा पेडमा सुनिल रसाइलीको विशेष प्रस्तुति रहनेछ।

यस सांगीतिक कार्यक्रममा किरण गजमेर, अनुया तामाङ, अमिर गजमेर, क्यासी तामाङ, दिशान्त गुरुङ, पुष्पा गजमेर, नरेश खरेल, रेजिना सुब्बा लगायतका कलाकारहरूको सहभागिता रहनेछ।

बामाका अध्यक्ष विश्वज गुरुङका अनुसार, प्रवासी भूमिमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली मौलिक बाजा, गीत-संगीत र संस्कृति चिनाउन यो कार्यक्रम एक महत्वपूर्ण प्रयास हो।

सांस्कृतिक जागरण, आपसी एकता, तथा प्रवासमा नेपाली पहिचानको जगेर्नाका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।

   बामाको वार्षिक सांस्कृतिक कार्यक्रम पनि शनिबार, अगस्ट ९, २०२५ मा अगस्ट विल्सन अफ्रिकन अमेरिकन कल्चरल सेन्टर, ९८० लिबर्टी एभिन्यु, पिट्सबर्ग मा हुने भएको छ। कार्यक्रममा कलाकार, प्रायोजक तथा विशिष्ट अतिथिहरूसँगको भेटघाट कार्यक्रम समेत समावेश गरिएको छ।


यस सांगीतिक महोत्सवलाई विश्वभर रहेका भुटानी नेपालीहरूको आवाज बन्न सफल  भूट्नीज न्यूजले अधिकारिक साझेदारको रूपमा प्रत्यक्ष रिपोर्टिङ गर्नेछ।


सामाजिक अभियन्ता भीम गुरुङले कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न संघसंस्थाको समन्वयमा भइरहेको सक्रियताबारे जानकारी दिँदै, अमेरिका तथा अन्य मुलुकहरूमा पुनर्वास भएका नेपाली भाषी भुटानीहरूलाई एकैथलोमा ल्याउने यो एक ऐतिहासिक अवसर हुने बताए।

-कार्यक्रम संयोजक गणेश गजमेरका अनुसार, १७ वटा विविध सांगीतिक प्रस्तुति   रहनेछ ।


अतिथिका लागि थप यात्रा र पार्किङको जानकारी

  • सार्वजनिक यातायात: Port Authority बसहरू र लाइट रेल सेवा उपलब्ध।
  • पार्किङ स्थानहरू: Westin Pittsburgh, David L. Convention Center, Grant Street Transportation Center आदि।
  • रियल-टाइम पार्किङ सूचना: ParkPGH वेबसाइट वा मोबाइल एपमा उपलब्ध।
  • ह्वीलचेयर पहुँच: कार्यक्रम स्थल पूर्ण रूपमा पहुँच योग्य छ।