बिर्तामोड — हालसालै बिर्तामोड क्षेत्रमा केही व्यक्तिहरूले  (इस्कन)को नाममा चन्दा संकलन गर्दै आएको (इस्कन) बिर्तामोडका अध्यक्ष करण भण्डारीले बताएका छन् ।

भण्डारीले केही व्यक्तिहरूले आफूलाई (इस्कन)को प्रतिनिधि भनेर शुभचिन्तकहरूसँग दान उठाइरहेकाे बताए ।

भण्डारीले यसलाई स्वतन्त्रताको दुरुपयोग र (इस्कन)को ख्यातिमा धक्का पुर्‍याउने कार्यको रूपमा व्याख्या गर्दै, इस्कनको नाममा गरिएका यस्ता कार्यबारे संगठनले गम्भीर आपत्ति जनाएको बताए।

इस्कनले आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

इस्कन बिर्तामोडले भक्तजन र शुभचिन्तकलाई चन्दा दिनु अघि आधिकारीक प्रमाणपत्रसहितको सक्कली रसिद मात्र स्वीकार गर्न आग्रह गरेको छ।

आज पत्रकार सम्मेलन गरी कार्यक्रमबारे विस्तृत जानकारी दिँदै अध्यक्ष भण्डारीले “यो अवसरले समाजमा धार्मिक चेतना र सामाजिक एकता प्रवद्र्धन गर्नेछ” भन्दै सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान समेत गर्नुभयो ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृतले विश्वव्यापी रुपमा भागवद्गीता, श्रीमदभागवद, लगायत वैद्धिक ज्ञानमा आधारित आध्यत्मिक, संस्कृति, धार्मिक, चारित्रिक एवं नैतिक शिक्षाको प्रचारप्रशार गर्दै आइरहेको छ ।


संस्थाको आधिकारिक रसिदमा कमलको चिन्ह, तिलक अंकित लोगो र पान नम्बर ३००१९५१४४१ उल्लेख हुने प्रवक्ता कान्तिस शर्माले बताए।

सन् १९६६ मा श्री श्रीमद् भक्तिवेदान्त स्वामी प्रभुपादद्वारा स्थापित इस्कन, नेपालमा विसं २०४७ सालमा प्रवेश गरेको हो।

नेपालभर ६४ भन्दा बढी स्थानमा शाखा रहेको यस संस्थाले बिर्तामोडमा विगत पाँच वर्षदेखि प्रचारप्रसार तथा धार्मिक-सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।

इस्कन बिर्तामोडले यही २०८२ श्रावण ३१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको  पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे ।

इस्कनकाअध्यक्ष करण भण्डारीले सम्पूर्ण भक्तजन र सनातन धर्मावलम्बीलाई सहभागिताका लागि आमन्त्रण गरेको छ।

पत्रकार सम्मेलनमा बिर्तामोडका सचिव चेतन बहादुर बिष्टसहित स्थानीय पत्रकारहरूको बाक्लो उपस्थिति थियो।