जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशभका विभिन्न जिल्लामा बाढी आउने ससम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेट जारी गर्दै देशभका विभिन्न ५५ जिल्ला भइ बहने नदी तथा खोलामा आकस्मिक बाढीको खतरा रहेको भन्दै अलर्ट रहन भनेको हो ।

आज इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।

 जनहितमा जारी

त्यस्तै तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी–पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको महाशाखाले जनाएको छ ।