झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै प्याब्सनले थप आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।
विधेयकमा केही बुँदा सम्सोधनको माग सहित प्याब्सन आन्दोलित थियो । विधेयकमा निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने विषयमा विवाद छ ।
विद्यालय सञ्चालकहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैर नाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनु पर्ने, पूर्ण छात्रवृत्तिबाट पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री र खाजा उपलब्ध गराइनु पर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनु पर्ने माग राखेका छन् ।
यद्दपि विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ ।
जस अन्तरगत भदौ ६ गते विद्यालय सञ्चालन पश्चात यातायातका साधन लिएर पालिका घेराउ गर्ने,कालो झण्डा प्रर्दशन गर्ने,केही दुरीसम्म शात्ति पूर्ण रुपमा आन्दोलन गर्ने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।














