बिर्तामोड । भरत भाबुक प्रसाई, नेपाली चलचित्र उद्योगमै पहिलो पटक ४० भन्दा बढी देशहरुबाट प्रर्दशन आरम्भ गरेको कोशेढुङ्गाले दर्शकहरुलाई भाबुक बनाएको छ ।

नेपाली सिनेमामा नयाँ यात्राको प्रारम्भ गर्दै व्यवसायिक रुपमा अन्तराष्ट्रिय बजार पाउनु चलचित्र उद्योगका लागि सुखत पक्षका रुपमा मान्न सकिन्छ ।

457888888888888

महिलाप्रधान भावना , महिलाको समर्पण , राज्यको  निरीहपन , पैसाले दिएको आँशु ,प्रवासको पिडा, समान्त सोचका कारण गरिवीमा पिसिएका मानिसहरुको अवस्था लगायत विषयबस्तुलाई चलचित्रले उजागर गरेको छ ।

सिनेमाको नामजस्तै यसले नेपाली चलचित्र उद्योगमै नयाँ कोशेढुङ्गा राख्ने आशा जगाएको छ।

युनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रलाई उमेरको कुनै सीमा छैन, हरेक पुस्ताका दर्शक समान रूपमा हेर्न सक्नेछन्। 

124578

पहिलो दिनको शोमै हल खचाखच थियो। कतिपय दर्शक सिनेमा हेर्नुअघि नै यसको टिजर, ट्रेलर र गीतसंगीतमा मोहित भइसकेका थिए।

सिनेमा सुरु हुनासाथ हरेक दृश्यमा ताली बजाउने, कलाकारको संवादमा हर्ष व्यक्त गर्ने दर्शक देख्दा,  सिनेमा उत्कृष्ट बन्न सफल भएको विश्लेषण गर्न सकिन्छ ।


दर्शकहरूले प्रतिक्रियामा विशेष गरी कलाकारहरूको संवाद प्रस्तुत गर्ने शैली, कथावाचन र निर्देशकको दृष्टिकोण प्रशंसा योग्य रहेको बताएका छन् । 

दर्शकहरू भन्छन् — “यो सिनेमा हाम्रो आत्मालाई  छोएको छ ,अनि यसले नेपालीपनलाई गर्वसाथ प्रस्तुत  गरेको छ ।

14578555555

” यस सिनेमालाई सेवनसिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय स्तरमा वितरण गरिरहेको छ। नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडा लगायत ४० भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शन भइसकेको छ, जसले नेपाली सिनेमा विश्वव्यापी स्तरमा कसरी स्वीकार हुँदैछ भन्ने सन्देश दिन्छ।


यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत छुट्टै पहिचान बनाएका निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा तयार भएको  कोशेढुङ्गाले छुटै इतिहास रच्ने संकेत देखिएको चलचित्रका जानकारहरु बताउछन् । 

 कथाभन्दा पनि आत्मा बोकेको सिनेमा हेर्दा, यो केवल मनोरञ्जन होइन, एउटा सामाजिक चेतना बोकेको कला हो भन्ने अनुभूति हुन्छ। 


7 1


‘कोशेढुङ्गा’ले पहिलो दिनमै दिएको संकेत स्पष्ट छ — यो सिनेमा नेपाली चलचित्र उद्योगका लागि साँच्चिकै कोशेढुङ्गा सावित हुनेछ।

 सिनेमाको ढोका उघार्दै दर्शकहरूको भीड उत्साहसहित भित्र पसिरहेको थियो। कारण एउटै — महिला प्रधान सिनेमा ‘कोशेढुङ्गा’।


सिनेमाको नामजस्तै यसले नेपाली चलचित्र उद्योगमै नयाँ कोशेढुङ्गा राख्ने आशा जगाएको छ। युनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रलाई उमेरको कुनै सीमा छैन, हरेक पुस्ताका दर्शक समान रूपमा हेर्न सक्नेछन्।


पहिलो दिनको शोमै हल खचाखच थियो। कतिपय दर्शक सिनेमा हेर्नुअघि नै यसको टिजर, ट्रेलर र गीतसंगीतमा मोहित भइसकेका थिए। सिनेमा सुरु हुनासाथ हरेक दृश्यमा ताली बजाउने, कलाकारको संवादमा हर्ष व्यक्त गर्ने दर्शक देख्दा, नेपाली सिनेमाप्रति अझै विश्वास जगिएको अनुभूति पाइन्थ्यो।


दर्शकहरूको प्रतिक्रियामा विशेष गरी कलाकारहरूको संवाद प्रस्तुत गर्ने शैली, कथावाचन र निर्देशकको दृष्टिकोण प्रशंसा योग्य रहेको उल्लेख थियो। कतिले भने — “यो सिनेमा हाम्रो आत्मालाई छुन्छ, अनि नेपालीपनलाई गर्वसाथ प्रस्तुत गर्छ।”


यस सिनेमालाई सेवनसिज इन्टरनेसनल ले अन्तर्राष्ट्रिय स्तरमा वितरण गरिरहेको छ। नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडा लगायत ४) भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शन भइसकेको छ, जसले नेपाली सिनेमा विश्वव्यापी स्तरमा कसरी स्वीकार हुँदैछ भन्ने सन्देश दिन्छ।


यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत छुट्टै पहिचान बनाएका निर्देशक सरोज पौडेलले यसपटक ‘कोशेढुङ्गा’लाई आफ्नै लेखन र निर्देशनमा उतारेका छन्। कथाभन्दा पनि आत्मा बोकेको सिनेमा हेर्दा, यो केवल मनोरञ्जन होइन, एउटा सामाजिक चेतना बोकेको कला हो भन्ने अनुभूति हुन्छ।


‘कोशेढुङ्गा’ले पहिलो दिनमै दिएको संकेत स्पष्ट छ — यो सिनेमा नेपाली चलचित्र उद्योगका लागि साँच्चिकै कोशेढुङ्गा सावित हुनेछ।