झापा । झापाको कनकाई–२ स्थित जामूनखाडी सिमसार क्षेत्रमा आज भाद्र १३ गते शुक्रबार भएको झापाका १५ पालिका र ईलामको २ पालिकाबाट प्रतिनिधिमुलक रुपमा उपस्थित २८ जना अभियान्ताहरुको भेलाले अभियानका लागि अभियान्ता समाज नामक १२ सदस्यीय तदर्थ समिति गठन गर्दै कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका वैज्ञानिक डा। महावीर पुनको आत्मकथा ‘महावीर पुन, सपना, सम्झना र अभिरल यात्रा’ पुस्तक बेच्ने क्रममा झापाका १५ पालिकाहरु तथा इलाम जिल्लाका माई र चुलाचुली गरी दुई पालिकाहरुबाट जोडिएका अभियान्ताहरुको पुस्तक बिक्रि अभियानको अनुभव साटासाट गर्दै उपस्थित भेलाले उक्त समिति गठन गरेको हो ।

नवगठित समितिको संयोजकमा प्रकाश गुरुङ विर्तामोड र सचिवमा केशव मैनाली विर्तामोडचयन भएका छन्
साथै सदस्यहरुमा सन्तोष दुलाल दमक, देवेन्द्रराज आङ्दाङबे कमल, मोहन थापा ९कनकाई०, काजी राउत ९झापा०, कमल बाँनिया बाह्रदशी सागर घिमिरे अर्जुनधारा०, सुजित बराल बुद्धशान्ति, बुद्धिराज लिम्बु माई, कुमार राई चुलाचुली र केवल राई मेचीनगर० रहेका छन् भने आवश्यता अनुसार अन्य पालिकाहरुबाट समेत पछि थप गरी समिति विस्तार गर्ने निर्णय भएको कुरा अभियान्ता केशब मैनालीले बताएका छन् ।

आत्माकथाको पुस्तक बिक्री झापा सहित ४३ जिल्लामा सम्पन्न भई सकेको छ भने झापामा मात्रै ३० हजारभन्दा बढी पुस्तकहरु बिक्री भएको थियो । यो हालसम्म बिक्री सम्पन्न भईसकेका जिल्लाहरु मध्ये सबैभन्दा बढी हो ।
भेलाले समिति गठनसँगै भोलिका दिनहरुमा सार्वजनिक हितका सामाजिक गतिविधिहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रम सामूहिक अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजिकरण केशव मैनालीले गरेका थिए ।














