बिर्तामोड । कनकाई नगर खेलकुद विकास समितिको संयोजकमा जीवन ओली सर्वसम्मत चयन भएका छन् ।
कनकाई नगरपालिकाले कनकाई नगरभित्र हुने सबै प्रकारका खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ओलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिका सदस्यहरुमा ईन्द्र पुलामी, तुलाराम विक, कमलप्रसाद पाठक, दिपेन्द्रकुमार विमली, किशोर कन्दङ्वा, प्रत्युस निरौला, जितबहादुर मगर, रोमा थापा, विकेश राई रहेका छन् ।
त्यस्तै सदस्य सचिवमा कनकाई नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजकुमार ओडारीलाई चयन गरिएको छ ।
नवगठित समितिले कनकाई नगरभर हुने खेलकुदका सबै गतिविधि सञ्चालन गर्ने कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।
नवगठित समितिलाई कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बधाई तथा शुभकामना दिएका थिए ।














