झापा, सामाजिक उत्तरदायित्व अन्तरगत रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेड भद्रपुर शाखाले भद्रपुरमा रहेको सिंहदेवी आधारभूत विद्यालयलाई फर्निचरका सामग्री प्रदान गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययनमा सहजता पु¥याउने उद्देश्यले संस्थाले कुर्सी सहित टेवल  प्रदान गरेको हो ।

रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडको आठौं स्थापना दिवसका अवसरमा भद्रपुर २ मा रहेको सो विद्यालयलाई १२ थान कुर्सी र दुई थान टेवल प्रदान गरिएको रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका असिस्टेण्ट स्टार एजेन्सी मेनेजर  (एमडीआरटी) वावुराम अधिकारीले जानकारी दिए ।

WhatsApp-Image-2025-08-31-at-5.21.00-PM-1536x1152

अधिकारीका अनुसार सो सामग्री बिद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा रिलायवल नेपाल लाइफ इन्स्यारेन्सका भद्रपुर शाखा प्रमुख भुपाल घिमिरे, एमडीआरटी पूर्णप्रसाद लिम्बू, लाल मेचे वरिष्ठ एजेन्सी म्यानेजर इन्दिरा राई, सुमिता हास्दा सहित कर्मचारी सहभागी थिए ।